अर्घाखाँचीडट्कम संवाददाता
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका कोरोना मुक्त नजिक पुगेको छ । यस पालिकामा आज सक्रिय कोरोना संक्रमितको संख्या २ जना रहेको छ ।
साथै अर्घाखाँचीडट्कमको दैनिक उप्डेट विवरण अनुसार यस अघि पनि छत्रदेव गाउँपालिकामा अन्य पालिकाको तुलनामा कम संक्रमित थपिएको देखिन्छ । यहाँ गत वर्षदेखि आजसम्म संक्रमितको संख्या २५५ जना रहेको छ ।
यस्तै गएको २४ घण्टामा १ जनाले कोरोना जितेका छन् । जस अनुसार यस पालिकामा गत वर्षदेखि आजसम्म २५० जनाले कोरोना जितेका छन् । भने ३ जनाको निधन भएको छ ।
बिहीवार जिल्लाको कोरोना विवरण यस्तो छ:
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३२९ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १६६ जना, भूमिकास्थान नगरपालिकामा ७४, शितगंगा नगरपालिकामा १६, मालारानी गाउँपालिकामा ४६, पाणिनी गाउँपालिकामा २५ र छत्रदेव गाउँपालिकामा २ जना संक्रमित रहेका छन् ।
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या २९८२ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १२९१ जना, भूमिकास्थान नगरपालिकामा ५५५ जना, शितगंगा नगरपालिकामा ३४५ जना, मालारानी गाउँपालिकामा २८९ जना, पाणिनी गाउँपालिकामा २४७ जना र छत्रदेव गाउँपालिकामा २५५ जना संक्रमित रहेका छन् ।
गएको २४ घण्टामा जिल्लामा १० जनाले कोरोना जितेका छन् । साथै जिल्लामा गत वर्षदेखि आजसम्म २५८४ जनाले कोरोना जितेका छन् । जसमा सन्धिखर्क नगरपालिकामा ११०५ जना, भूमिकास्थान नगरपालिकामा ४६६ जना, शितगंगा नगरपालिकामा ३१७ जना, मालारानी गाउँपालिकामा २३२ जना, पाणिनी गाउँपालिकामा २१४ जना र छत्रदेव गाउँपालिकामा २५० जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ६९ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २० जना, भूमिकास्थान नगरपालिकामा १५, शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १२, मालारानी गाउँपालिकामा ११, पाणिनी गाउँपालिकामा ८ र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।