छत्रगन्जका कृषकहरुलाई आधुनिकीकरण कृषि उपकरण हस्तान्तरण कार्यक्रम सम्पन्न


अस्लम अली 
छत्रगन्ज,  अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ५ छत्रगन्जमा कृषकहरुका लागि आधुनिकीकरण कृषि उपकरण  हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । 
छत्रगन्जमा कृषकहरुका लागि आधुनिकीकरण  ब्यवसायी गर्ने उदेश्यले कृषि उपकरण वितरण गरेको हो ।
छत्रदेव गाउँपालिकाले ६ वटा हाते ट्याक्टर लुम्बिनी प्रदेश सरकारको सहयोगमा  १२ वटा कुुटानी पिसानी मेसिन, १ वटा च्याप कटर, रुख काट्ने मेसिन १ वटा नम्बर वडा ५ अध्यक्ष बालकृष्ण श्रेष्ठले वितरण गर्नु भएको छ  ।
छत्रगन्ज कृषिको लागि अति उपयुक्त ठाउँ भएकाले पुरानै शैलीमा कृषि गर्दा आम्दानी थोरै  लिनु परेकाले नयाँ आधुनिक तरिकाले कृषि गरियो भने राम्रै फाइदा लिन सकिन्छ भन्ने बिस्वासले उपकरण हस्तान्तरण गरेको   नम्बर वडा ५ अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिनु भयो । 

अन्य समाचारहरु