अर्घाखाँचीमा दशौ पटक फेरि निषेधाज्ञा थपिदै


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा आज साउन १० गतेसम्म जारी निषेधाज्ञा दशौ पटक पुन: निषेधाज्ञा थपिने भएको छ। 
डिसिसिएमसी अर्घाखाँचीको  बैठकले दशौ पटक पुन: एक साता निषेधाज्ञा थप्ने तयारी गरेको हो ।  भने जिल्लामा निषेधाज्ञा खुकुलो बनाइने  छ ।
यस अगाडि स्वास्थ्य मापदण्ड पालना गरेर सबै यातायात खुलेका छन् । यस्तै   सुन, भाँडाकुडा, अटो मोबाइल्स, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट, विद्युतीय सामग्रीका पसलहरु सबै खोल्न दिईएको थियो ।
यस्तै बैंक तथा वित्तीय संस्थाहरु, खाद्यवस्तु, तरकारी, फलफूल, पानी, दूध तथा दूधजन्य पदार्थ, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल र व्यवसाय लगायत खोल्न दिएको थियो । 
यस्तै सभा/गोष्ठी/सम्मेलन, मठमन्दिर, पार्टी प्यालेसलगायत भीडभाडजन्य क्षेत्रमा रहेको निषेधाज्ञालाई कायम राखिने छ ।   
जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन घटेको छ । 
अर्घाखाँचीमा गत वैशाख २१ गते मंगलवारदेखि निषेधाज्ञा जारी छ ।