सन्धिखर्क–गोरूसिंगे सडक खण्डमा प्रहरीको सवारी दुर्घटना सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न (फोटो सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क–गोरूसिंगे सडक खण्डमा प्रहरीको सवारी दुर्घटना सम्बन्धी सचेतना सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्लाको बिभिन्न स्थानहरुमा खटिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा संयुक्त ट्राफिक चेकिङ टोलीले बिभिन्न सवारी साधन चेकजाँचको क्रममा चालक, सह-चालक तथा सवार यात्रुहरुलाई दुर्घटना सम्बन्धी सचेतना सम्बन्धी प्रशिक्षण दिईएको हो। 
अन्दाजी ३० जनलाई सडकमै जम्मा गरी सवारी दुर्घटना हुनुको  मुख्य कारण, दुर्घटना न्युनिकरण कार्यमा चालक र यात्रुहरुको भुमिका , सवारी दुर्घटना बाट बच्नको लागी अपनाउनु पर्ने शाब्धानि , कोरोना भाईरस कोभिड १९ सम्बन्धि सचेतना मुलक प्रशिक्षण दिईएको थियो ।