सन्धिखर्क नगरपालिका – ८ का वडाध्यक्ष इश्वरी भुसालको पशुपति आर्यघाटमा अन्त्येष्टि (फोटो सहित)


अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं  (अर्घाखाँचीडट्कम) । कोरोना संक्रमणका कारण निधन भएका अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्वर ८ किमडाँडाका वडाअध्यक्ष इश्वरी प्रसाद भुसालको काठमाडौं स्ठित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
किमडाँडाका वडाअध्यक्ष इश्वरी प्रसाद भुसालको आज आईतबार काठमाडौं स्ठित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
वडाअध्यक्ष इश्वरी प्रसाद भुसालको पार्थिव शरिरमा एमाले नेता टोप बहादुर रायमाझीले पार्टीको झण्डा ओढाएर सम्मान गर्नुभएको छ ।
नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीका सचिवालय सदस्य समेत रहनुभएका भुसाललाई नेकपा एमालेका स्थाई कमिटी सदस्य रायमाझीले पशुपति आर्यघाटमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली व्यक्त गर्नुभएको छ  ।
अन्तिम श्रद्धान्जली व्यक्त गर्दै नेता रायमाझीले भुसालको निधनले अर्घाखाँची जिल्लाको कुशल शैक्षिक एवं सामाजिक व्यक्ति गुमाएको बताउनु भयो ।
उता वडाध्यक्ष इश्वरी प्रसाद भुसालको कोरोना संक्रमणका कारण निधन भएपछि किमडाँडा शोकमा डुबेको छ । वडाध्यक्ष इश्वरी प्रसाद भुसालको आईतबार कोरोना संक्रमणका कारण निधन भएपछि किमडाँडा शोकमा डुबेको हो । साथै वडाध्यक्ष निधनको शोकमा भोली एक दिन वार्ड कार्यालय बन्द गरिने बताइएको छ । यस्तै भोली ११ गतेदेखि १५ गते सम्मको लागि पकले बजार बन्द गरिएको छ । 
भुसालको उपचारको क्रममा काठमाण्डौको हेम्स अस्पतालमा ६१ बर्षको उमेरमा आज आइतबार निधन भएको  थियो ।
भुसाल संक्रमण भए लगतै साउन ३ गतेदेखि  जिल्ला अस्पताल अर्घाखाँचीको आइसोलेसनमा उपचाररत थिए । भुसालको अबस्था गम्भीर बनेपछि साउन ७ गते बुधवार साँझ ५ बजे हेलिकप्टरबाट उपचारका लागि काठमाण्डौ लगिएको थियो ।
वार्ड अध्यक्ष स्व. भुसालले किमडाँडा स्थित श्री जनता कृष्ण उच्च मावीका पुर्व प्राचार्य, शिक्षक युनियन अर्घाखाँचीका पुर्व अध्यक्ष तथा सन्धिखर्क नगर सामाजिक परिचालन समितिका संयोजक, नेकपा (एमाले) जिल्ला सचिवालय सदस्य थिए ।
शिक्षकबाट राजिनामा दिएर वार्ड अध्यक्ष
किमडाडाँको श्री जनता कृष्ण माध्यमिक विद्यालयका प्रध्यानाध्यापक रहेका भुसालले २०७४ सालको स्थानिय निर्वाचनमा शिक्षकबाट राजिनामा दिएर नेकपा एमालेबाट सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ बाट चुनाव जितेका थिए ।
भुसालले ७५६ मत लिएर वार्ड अध्यक्ष पदमा विजयी भएका थिए । भने विपक्षी नेपाली काँग्रेसका हुम प्रसाद बन्जाडेले ६९२ मत ल्याएका थिए ।  यस्तै उक्त निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का हरि प्रसाद भुसालले १४१ मत, राष्ट्रिय जनमोर्चाका चन्‍द्र प्रसाद बन्‍जाडेले १२२ मत ल्याएका थिए ।

अन्य समाचारहरु