केशब घिमिरे
खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटमा कोभिड -१९ टोल सहजीकरण समिती गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
खाँचीकोटमा सोमबार कोभिड -१९ टोल सहजीकरण समिती गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
यस्तै फुदवाङमा मधु भट्टराईको संयोजकमा ५ जना सदस्यहरु रहने गरी समिती गठन गरिएको छ । भुजुङेमा कोरोना व्यवस्थापन समिती गठन गरिएको छ ।
साथै प्रध्मलोचन आचार्य संयोजकमा ५ जना सदस्यहरु रहने गरी समिती गठन गरिएको छ ।
समिती अभिमुखीकरण कार्यक्रममा प्रमुख प्रशिक्षक खाँचीकोट स्वास्थ्य चौकीका इन्चार्ज प्रेम चन्द्र विकले गर्नुभएको थियो । भने लुम्बिनी सामाजिक केन्द्र सुआहारा दोस्रो अन्तरगत सामुदायिक सहजकर्ता शुशिला पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा डट्कमका प्रतिनिधि केशब घिमिरे लगायतको उपस्थिती रहेको थियो ।