खाँचीकोटका सम्पूर्ण सडक वर्षाका कारण अस्तव्यस्त, स्थानीय निकाय मौन (फोटो सहित)


केशब घिमिरे 
खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको फुदवाङ्ग – खाँचीकोट सडक वर्षापछि रुख ढल्दा अबरुद्ध  भएको छ ।  
फुदवाङ्ग – खाँचीकोट सडक अन्तरगत फर्ज्यान्ङ्ग खोला आँपका रुख ढल्दा अबरुद्ध  भएको हो । यस्तै डिहिडाँडा चन्द्र प्रभा मार्ग वर्षाका कारण पटक-पटक अबरुद्ध  भएको छ ।     
फुदवाङ्गबाट डिहिडाँडा चन्द्र प्रभा, खाँची, नरपानी, सुपा देउराली यो बाटोमा रुख ढल्नुका साथै ठाउँ ठाउँमा पहिरो गएको छ । यस्तै खाँचीकोटका सम्पूर्ण सडक वर्षाका कारण हिडडुल गर्न समेत नहुने गरी अस्तव्यस्त भएका छन्  ।  
यहाँ अहिले एम्बुलेन्स तथा साना-ठुला गाडीहरु आवत जावत हुन सकेका छैनन् । साथै  यहाँ कयौ ठाउँमा खाेल्साबाट आएकाे भलका कारण बाटाे बिग्रिएकाे देखिन्छ ।  
खाँचीकोटका सडक वर्षा याम होस् कि हिउदमा धुलोले अस्तव्यस्त देखिन्छ । तर पनि स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित निकायको अहिलेसम्म ध्यान पुग्न सकेको छैन् ।  

अन्य समाचारहरु