अर्घाखाँचीमा आत्महत्याको विकराल रुप र यसको समाधानका विकल्प


अनिल पौंडेल 
हामी सबैले सुन्दै देख्दै आएका छौं दिनानुदिन”मानिसहरुले आफ्नो देह आफै  त्यागी रहेको समाचार” आजकल त यस्तो लाग्न थाल्योआत्महत्या को खबर पनि उज्यालो नेटवर्क मा आउने कायाकैरन जस्लाइ हरेक घरमा अरु केहि नभए नि कायाकैरन चै सुन्नै पर्छ जसरीलिइन्छ । पछिल्लो समयमा अर्घाखाँचीमा घटेका घटना को कुरा गर्दै छु  । 
अर्घाखाँचीडट्कम लगायत स्थानीय तथा राष्ट्रीय  संचारमाध्यमहरुमा प्रकाशित सुचना अनुसार आर्थिक वर्ष ७७/७८ मा अर्घाखाँचीमा ८० जनाले आत्महत्या गरेका छन् । अब म तपाइलाइ अर्कोएउटा तथ्य पनि जानकारी गराउन चाहन्छु हालसम्म कोभिड १९ को कारण अर्घाखाँचीमा ज्यान गुमाउनेको संख्या ७१ पुगेको छ । यसबाट के बुझ्न सकिन्छ भने सन्क्रमित सँगको छुवाछूत वा सम्पर्क ले सर्ने(कन्टाजियश) रोग भन्दा खतरनाक आत्महत्या बन्न पुगेको छ।यसलेहामि कस्तो समाजको निर्माण गरिरहेका छौ भन्ने प्रश्न समेत खडा गरेको छ। यस्तो परिदृश्य मा एकपटक हामी सबै ब्यक्ति ,परिवार, समाज ,विधालय ,सरकारि तथा निजि संघ सस्था लगायत स्थानीय निकाय सचेत हुनु आवस्यक छ।
आत्महत्या को कारण ठ्याक्कै यहि हो भन्ने हुदैन ब्यक्ति ,ठाँउ ,परिवेश अनुसार फरकफरक हुन सक्छ छ। कुनै जन्मँदै लिएर आएको रकुनै विभिन्न कारण र परिस्थितिले गर्दा सिर्जित उक्त रोगको कारण मानिसले आत्महत्या रोज्ने गर्छ ।  झट्ट हेर्दा मर्नेको कमजोरी देखिन्छतर मर्नेले आफ्नो मृत्यु कुनै पनि हालतमा रोजेको हुँदैन ।  हरेक मानिस बाँच्न चाहन्छ तर उसको बाँच्ने इच्छालाई रोगको विवशताकोकारण मर्ने इच्छाले थिचिदिन्छ अनि यो सुनौलो संसारबाट नचाहँदानचाहँदै पनि बिदा हुन पुग्छ । यसरी बुझ्न सकिन्छ मुल जड परिवारसङ्ग सम्बन्धित हुन्छ र त्यसलाइ सामाजिक-वातावरणीय पक्षले सघाउ पुर्याउछ ।
हाम्रो समाजमा धेरैलाई यो भ्रम रहेको पाइन्छ कि, आत्महत्याको निम्ति कुनै देखिने कारण अवश्य भएको हुनुपर्छ । विशेषतः आत्महत्यामानिसले एक्कासि भावावेशमा आएर वा तत्काल आवेगमा आएर गर्छन् तर वास्तविकता त्यस्तो होइन । अधिकांश आत्महत्यापहिलेदेखिको सोच-विचारको परिणामस्वरुप भएको हुन्छ । आत्महत्या गर्ने विचार उत्पन्न भएपछि परिस्थितिलाई आफ्नो अनुकुलबनाएर अधिकांश व्यक्तिले आत्महत्या गर्ने भएको हुनाले त्यसतर्फ विचार राखिराखेका व्यक्तिलाई बेलैमा पहिचान गरेर उचित सेवा रसल्लाह प्रदान गर्न सकेको खण्डमा केही समयको निम्ति वा सदाको निम्ति त्यस्ता व्यक्तिहरुलाई मृत्युको मुखबाट बचाउन सकिन् छ।
कुनै पनि व्यक्ति ले आत्महत्या रोज्नुपुर्व कुनै न कुनै सिग्नल वा लक्षण दिएको हुन्छ । कसैले निराशाजनक कुरा गर्ने, मर्न इच्छा रहेकोकुरा गर्नु, कहिले पुनः भेट नहुने जसरी कुरा गर्नु, पर्ख तिमिहरु अब तिमिहरुको समस्या छिट्टै समाधान हुन्छ जस्ता धेरै लक्षणहरुकोपहिचान गर्नु जरुरी छ । सबैभन्दा महत्त्वपूर्ण कुरा हाम्रो समाज मा रहेका गलत धारणा हरु चिर्न आवस्यक छ । जसको लागि संचारमाध्यम हरुको  भुमिका पनि अपरिहार्य छ। हुनत; आत्महत्या गर्ने सबै उमेर समुहको मान्छे पर्छन तर अहिले हाम्रो समाज मा पत्याउनैनसकिने कलिला बालक बालिकाहरुले आत्महत्या को बाटो रोज्ने प्रवृति बढेको छ जुन अत्यन्तै चिन्ताजनक छ तसर्थ  बालबालिका तथाकिशोरकिशोरी केन्द्रित विभिन्न किसिमको जनचेतनामुलक कार्यक्रम  टोल टोल मा गरिनुपर्छ। उनीहरुको मनोविज्ञान लाई बुझेरमनोसामाजिक परामर्श दिने खाल्को कार्यक्रम हरु विधालय स्तर देखि सम्बन्धित सबै निकाय हरुले आयोजना गर्नुपर्ने देखिन्छ ।
“लेखक : मानसिक तथा मनोरोग परामर्श क्षेत्रका विद्यार्थी अनिल पौडेल हुनु हुन्छ ।”