धारापानीले निषेधाज्ञालाई जारी राख्ने, तीजका कार्यक्रममा रोक


अर्घाखाँचीडट्कम संवाददाता 
धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ३, ४ धारापानीले निषेधाज्ञालाई जारी राख्ने भएको छ। जिल्लाभर भने दशौ पटक थपिएको निषेधाज्ञा साउन २० गते आईतबार राती १२ बजेसम्म जारी रहने छ ।   
धारापानीमा एम्बुलेन्स बाहेक सबै भित्र निजी तथा सार्वजनिक सवारी साधन चल्न बन्द गरिएको छ । यस्तै तीजका कार्यक्रममा रोक लगाइएको छ ।  अब खाद्यान्न बिक्रीका लागि किराना पसल लगायत स्वास्थ्य मापदण्ड पालना गरेर विहान ६ बजेदेखि साँझ ५ बजेसम्म खोल्न दिईने भएको छ । 
यस्तै  सभा, गोष्ठी, सम्मेलन गर्न परेमा वार्डको अनुमती लिन पर्ने छ । भने एक टोलबाट अर्को टोलमा ओहोर दोहोर गर्न पाईने छैन् ।
उता किमडाँडामा कोरोना संक्रमितको संख्या भने दिनप्रतिदिन घटेको छ । 
अर्घाखाँचीमा गत वैशाख २१ गते मंगलवारदेखि जारी निषेधाज्ञाका कारण जनजीवन अत्यन्त कष्टकर भएको छ । 
 

अन्य समाचारहरु