पाणिनीको मैदान लगायत सबै खोप केन्द्रहरुमा जोनसन एण्ड जोनसन खोप लगाउने क्रम जारी (फोटो, भिडियो सहित)
श्रावण १५ गते, २०७८ मा प्रकाशित
२०७८ श्रावण १४, विहीवारमा प्रकासित
चोलनाथ पौडेल
मैदान, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । पाणिनी गाँउपालिका वडा नं ५ मैदान स्वास्थ्य चौकी (अस्ठायी कोरोना विशेष अस्पताल) मा साउन १४ गते जोनसन एण्ड जोनसन खोप लगाउनेकाम सम्पन्न भएको छ । आज वैदेशिक रोज़गार लागी प्रकिया पुरा गरेका, अपांग क र ख वर्ग, सवारी चालक चालक, ६० माथीमा वृद्धवृद्धा, कर्मचारी विदेशमामिला सम्बन्धी पत्रकारले खोप लगाएका छन ।
पाणिनी गाँउपालिका वार्ड नं ५ स्वास्थ्य चौकी प्रमुख जगदीश घिमिरेले अर्घाखाँची डटकम व्युरो प्रमुख डिआरजी सुमन लाई वताए अनुसार दोस्रो दिन १५ साउनका दिन ५५ वर्ष माथीका सर्वसाधारण जनतालाई खोप लगाउन पत्रचार भएको छ ।
एक पटक मात्र लगाएपछि अर्कों लगाउन नपर्ने भनिएको जोनसनको खोप नेपालआईसकेपछि मात्र लगाउने प्रतीक्षामा रहेका अर्घाखाँची डटकम परराष्ट्र मामिलाव्युरो प्रमुख डिआरजी सुमन र अर्घीखाँची डटकम पाणिनी डेक्स प्रमुख चोलनाथपौडेलले पनि यस पटक खोप लगाउनु भएको छ ।
डिआरजी सुमनले पाणिनी ५ मैदान स्वास्थ्य चौकी र चोलनाथ पौडेलले पाणिनि १ पणेना स्वास्थ्य चौकिमा खोप लगाउने काम भएको छ ।
मैदानमा पहिलो दिन ८ जना वैदेशिक रोज़गारमा जाने युवाहरुले खोप लगाएकाछन । मैदान देखी विदेशमा जानेमा कतार,सउदीअरव,कुवैत र युएईको संख्याधेरै आएको स्वास्थ्य चौकि प्रमुख जगदीश घिमिरेले वताउनु भएको छ । आजै ५जना सवारी चालकले पनि खोप लगाएका छन । तस्वीर-भिंडियों: डिआरजी सुमन/अर्घाखाँची ।