प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची १५ श्रावण । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्वर १० अर्घाको धरमपानीका मृगौला रोगी शिव गन्धर्बको उपचारकालागि संकलित रकम हस्तान्तरण गरिएको छ ।
आफ्नै गाउँको भाई विरामी परेको खबर थाहा पाएपछि सन्धिखर्क १० धरम्पानी घर भै हाल रोजगारीको सिलसिलामा इजरायलमा रहेका विष्णु भट्टराईले आर्थिक रकम संकलनको अभियान सञ्चालन गर्नु भएको थियो ।
गरिब परिवारका शिवको उपचारकालागि आर्थिक समस्या भएका कारण विष्णु भट्टराई र उहाँका भाईहरु कुश भट्टराई र लब भट्टराईको पहलमा संकलन भएको १ लाख ७८ हजार एक सय रुपैया उहाँहरुका बुबा आमा गोविन्द प्रसाद भट्टराई र आमा पुनकला भट्टराईले आज शुक्रबार विरामी शिव गन्धर्बलाई हस्तान्तरण गर्नु भएको हो ।
गन्धर्बका दुबै मृगौलाले काम गर्न छाडेका छन् । मृगौला प्रत्यारोपण गर्नु पर्ने भएका कारण घरको अबस्था नाजुक भएपछि उपचारका लागि आर्थिक सहयोग अभियान सञ्चालन गरिएको थियो । यस अघि पनि उहाँको पहलमा गन्धर्बको उपचारका लागि १५ हजार १ सय ८८ रुपैया शिवको खातामा जम्मा भैसकेको थियो ।
सन्धिखर्क १० धरम्पानीमा घर भै हाल इजरायलमा रहेका विष्णुले यस अघि पनि अर्घाखाँची जिल्लाका रोगी , असहाय, तथा गरिब ब्यक्तिहरुलाई सहयोग गर्दै आउनु भएको छ ।
विष्णु भट्टराई र उहाँका भाईहरु लब भट्टराई र कुश भट्टराइको पहलमा संकलित एक लाख ७८ हजार १ सय रुपैया सहयोग गर्ने सहयोगी मनहरु निम्नानुसार रहेका छन् ।
१-) दिपक क्षेत्री रु-2500 नेपाली
२-) इन्द्र भण्डारी – १०० सेकल
३-) लक्ष्मिधर गौतम – १०० सेकल
४-) सुनिता गिरी – १०० सेकल
५-) रबिन बुढाथोकी रु-2000 नेपाली
६-) संझना पन्त – ५१ सेकल
७-) सन्जय (कृष्ण)चुँदाली – २०० सेकल
८- बिनु गिरी – १५१ सेकल
९-) सुरेन्द्र दमाशे – १०० सेकल
१०-) रेखा पन्त – ५१ सेकल
11-) विशाल ज्ञवाली – १०० सेकल
१२-) कुमार पौड्याल – ५१ सेकल
१३-) गोमा भुसाल – ५० सेकल
१४-) राज दाहल – ५१ सेकल
१५-) गणेश गिरी – १०० सेकल
१६-) खगेश्वर अधिकारी – १०० सेकल
१७-) नयन सापकोटा – १०० सेकल
१८-) निरु मल्ल – १०५ सेकल
१९-) बिजु कुँवर – ११० सेकल
२०-) सन्दिप भण्डारी – १०० सेकल
२१-) बबि क्षेत्री – ५१ सेकल
२२-) सैलेन्द्र याम्फु – ११० सेकल
२३-) इश्वरि शर्मा – ५१ सेकल
२४-) कृष्ण भण्डारी – ५१ सेकल
२५-) कुश भट्टराई – २५० सेकल
२६-) सन्तोष शिवाकोटी – 50 सेकल
२७-) नाम नबताउने सर्तमा – 51 सेकल
२८-) कुमार लिम्बू – 120 सेकल
२९-) राज गुरुङ – १०५ सेकल
३०-) रुपा राई – १०५ सेकल
३१-) श्याम थापा – ७० सेकल
३२-) आशा अधिकारी – २०० सेकल
३३-) हिरा गुरुङ – १०१ सेकल
३४-) लिजा – १०१ सेकल
३५-) सागर प्रधान – १०० सेकल
३६-) पन्ना गुरुङ – १०० सेकल
३७-) पाहिम प्रकाश लिम्बू – ५० सेकल
३८-) माग्नोलिया पाहिम याक्थुंमा – ५० सेकल
३९-) लब्लि ( लब )भट्टराई – ५०० सेकल
४०-) खिमानन्द (आनन्द) भुसाल – ३०० सेकल
४१-) सरु बुढाथोकी – १०० सेकल
४२-) सरोज घताने – १०० सेकल
४३-) बिष्णु (आक्रोश ) काफ्ले – १०० सेकल
४४-) बिष्णु प्रसाद भट्टराई – २०५ सेकल
र ईजरायल भन्दा बाहिरबाट वहाँहरुको सहयोग सिधै शिव भाईको खातामा जम्मा भै सकेको छ .
१-) रन्जित क्षेत्री – रु ४०००- नेपाली ( मलेशिया बाट )
२- ) रिषिराम पराजुली – रु ५८६० नेपाली ( अमेरिकाबाट )
३- ) पदम प्रसाद भुसाल – रु ३००० नेपाली (काठमाडौंबाट)
४-) कमल नेपाली रु – २३२८ – नेपाली ( साउदिबाट)