पाणिनीमा डिआरजी सुमनको जन्मदिनको अवसरमा वृक्षारोपण तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण (फोटो सहित)


चोलनाथ पौडेल
मैदान, अर्घाखाँची (अर्घाखाँचीडट्कम) शुक्रवार १५ साउन २०७८ । अर्घाखाँची जिल्लाको मैदानमा  डिआरजी सुमनले आफ्नो जन्मदिनको अवसरमा जन्मस्थान वृक्षारोपण विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्रीवितरण गरि जन्मदिन मनाउनु भएको छ । 
स्वतन्त्र पत्रकारिता सहित मानवीय सेवा र समाजसेवामा लामों समय कामगर्दै निजी सम्पत्ति र दम्पत्तिको प्रवाह नगर्ने डिआरजी सुमनसैतिसौँ जन्मदिवस मनाउदै गर्दा सम्म अविवाहित नै हुनुहुन्छ । 
विश्वका विभिन्न देशमा आफ्नो स्थलगत यात्रा सम्पन्न गरिसकेका अर्घाखाँची डटकम समाचार सम्पादक ,परराष्ट्र मामिला तथाव्युरो प्रमुख समेत रहेका डिआरजी सुमन कुनैपनि राजनीतिकदलको परिधिमा नभई स्वतन्त्र पत्रकार को रुपमा दुई दशक देखीक्रियाशील रहदै आउनु भएको छ । अन्तर्राष्ट्रीय अर्घाखाँची सम्पर्क मन्च,नेपाली समाज चीली,पिएसएम नेपाल,पाणिनि कलाकारसमाज,पाणिनि पत्रकार एसोसिएशन लगायतका धेरै संस्थाका संस्थापक समेत रहका सुमन नेपाली,अग्रजी,हिन्दी,अरविक र स्पैनिशभाषाका जानकार पत्रकार समेत हुनु हुन्छ । 
विक्रम सम्वत् २०४१ साउन १५ गते वुवा शिवलाल घिमिरे र आमा देवकी घिमिरेको कान्छो छोराको रुपमा जन्मिएका डिआरजी सुमनको जन्म अर्घाखाँची जिल्ला पाणिनि गाँउ पालिका वडा नं ५,साविककको मैदान गाविस वडा नं ०७ उपल्ला मसिनामा भएको थियो ।उहाँको दुई दाजु र तीन वहिनी हुनु हुन्छ ।
हामी तडकभडकमा फजुल खर्च गरेर जन्मदिन मनाउने होईन विपन्न व्याक्तिलाई अत्यावश्यक राहत सामाग्री सहयोग गरी मनाउनुपर्छ भन्ने सिद्धान्तमा लागेका डिआरजी सुमनले लामो समय देखी आफ्नो र फ़ैन्स कल्वका सदस्यहरुको जन्मदिन यसरी नै मनाउदैआएका छन । 
सामाजिक विकास र मानवीय सेवा केन्द्रित पत्रकारिता गर्दै आएका डिआरजी सुमन को समर्थनमा “मानवीयता र निष्पक्षतामाआधारित पत्रकारिता” सिद्धान्त लिएर विगत केहिवर्षयता डिआरजी सुमन फ़ैन्स कल्व संचालन आएको छ । देश विदेशमा विपतमापरेका नेपालीलाई आर्थिक नैतिक तथा भौतिक रुपमा सहयोग गर्दै आएका डिआरजी सुमन को क्रियाकलाप वाट प्रभावित भई योफ़ैन्स कल्व स्थापित गरेको डिआरजी सुमन फ़ैन्स कल्वका अध्यक्ष चिरन खड्काले वताउनु भएको छ । डिआरजी सुमन फ़ैन्सकल्वको नयाँ कार्यकारिणी समितीको संरक्षक पत्रकार दिपक भूसाल,अध्यक्ष चिरन खड्का,उपाध्यक्ष गोपाल भट्टराई,महासचिवमिलन न्यौपाने,कोषाध्यक्ष डिल वहादुर विक र सदस्य सचिवमा नेत्र नेपाली रहनु भएको छ । 
 यस्तै कार्यसमिति सदस्यमा शक्ति पराजुली,खगेन्द्र विक,गणेश विक,राधा रेग्मी,विष्णु आचार्य रहनु भएको छ । डिआरजी सुमनफ़ैन्स द्धारा आयोजित एक औपचारिक कार्यक्रम विच पाणिनि गाँउ पालिका ६,स्थित भारतमा वावा गुमाएका छोराछोरी लाई कापि र पेन वितरण गरिएको छ । उता भारतको चण्डीगढमा पनि विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण गरि फ़ैन्स कल्वकोकोषाध्यक्ष डिलराज विसीले जानकारी गराउनु भएको छ । डिआरजी सुमन फ़ैन्स मार्फ़त विश्वका धेरै देशमा डिआरजी सुमन कोजन्मदिन मनाईएको कल्वका महासचिव मिलन न्यौपानेले जानकारी गराउनु भएको छ ।  
दुवै मृगौला खराव भई मृत्यवरण गरेका स्वर्गीय विर वहादुर नेपाली स्मृति भवन पाणिनि ५,पात्लेखर्कमाआयोजित कार्यक्रमको संचालन डिआरजी सुमन फ़ैन्स कल्वका सदस्य सचिव नेत्र नेपालीको संचालन, डिआरजी सुमन कोअध्यक्षता , पाणिनि गाँउ पालिका वडा नं ६ का वडासदस्य खगीश्वर पौडेलको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो  । – तस्वीर डिआरजी सुमन/अर्घाखाँची ।

अन्य समाचारहरु