माधवकुमार नेपाल देशद्रोही, पार्टीमा ठाउँ छैन्: केपी ओली


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई आन्दोलन विरोधी र देशद्रोहीको संज्ञा दिँदै पार्टीमा कुनै ठाउँ नरहेको बताउनुभएको छ ।
एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकलाई शनिबार सम्बोधन गर्दै ओलीले वरिष्ठ नेता नेपाल आन्दोलनविरोधी भएको बताउनुभयो ।
‘वामपन्थी सरकार ढाल्ने, आफ्नो अध्यक्षले माग्दा पनि विश्वासको मत नदिने, दक्षिणपन्थी सरकारलाई मेरो विश्वास छ भनेर ह्वीप क्रस गर्ने,’ उहाँले भन्नुभयो, ‘माधव नेपाल जस्ता आन्दोलन विरोधी देशद्रोहीलाई कुनै ठाउँ छैन ।’
ओलीले प्रतिक्रियावादीहरूसँग लागेर माधव नेपालले एमालेको सरकार ढालेको आरोप लगाउनुभयो ।
उहाँले बाटो बिराएका अरु भने पार्टीमा फर्किन सक्ने बताउनुभयो । ‘आउनुस् यो पार्टी हामी सबै जनाको हो । जो आउँदैन, आउँदैन । समय कुर्दैन’ ओलीले भने ।
अध्यक्ष ओलीले आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दावी गर्नुभयो । पार्टीमा खुट्टा तान्नेहरू कोही नभएको भन्दै अब सजिलै बहुमत ल्याउन सकिने उहाँको भनाइ छ । इमेज च्यानलमा समाचार छ ।