सन्धिखर्क – २ का सबै सडक अस्तव्यस्त | स्थानियबासी भन्छन्; भ्यू टावर होइेन् सडक पिच चाहियो (भिडियो, फोटो सहित)


दिपेन्द्र पौडेल
चुत्राबेसी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ का सम्पूर्ण सडक वर्षाका कारण अस्तव्यस्त भएको छ ।

चुत्राबेसी लगायत यस वार्डका सम्पूर्ण सडक वर्षाका कारण हिडडुल गर्न समेत नहुने गरी अस्तव्यस्त भएको हो  ।
यस्तै श्री भगवती माध्यमिक विधालय संखेटारी र चुत्राबेसी भित्रका धेरै जसो ठाउँमा सडक बिग्रिएका छन् । कुर, बेहोरे, घोचेखोला, भद्रिखोला, मसाल बजार, संखेटारी जाने बाटो लगायतमा गाडी त के मान्छे समेत हिडडुल गर्न अप्ठ्यारो पर्ने गरि बिग्रिएकाे स्थानियबासीले बताए ।
 
आईतबार संखेटारी साघुरो बाटोमा भलका कारण फोहोर फाल्ने ट्याक्टर छिर्न नसक्दा बाटो मुनि खसेर नगरपालिकाको जेसिबी लगाएर निकालेको थियोे  ।
स्थानियबासीले भन्छन्; सन्धिखर्क नगरपालिकाका अन्य वार्डहरुको तुलनामा वार्ड नम्बर २ बिकासमा मामिलामा सबैभन्दा उदासीन देखिन्छ । नगरपालिकाको केन्द्र मानिने यो वार्डका बाटोको स्थिति अत्यन्तै दयनीय छ । वार्डका भित्री  सडकहरु  बजारका २/३ लाइन सडक बाहेक सबै  सडक हिलाम्मे छन् । भगवती माध्यमिक संखेटारी स्कुलदेखि मुनि पट्टीको सडक एम्बुलेन्ससम्म छिर्न नसक्ने गरि अबरुद्ध भएको करिब दुई महिन भएको छ तर यो बाटो खुलाउन र नगरपालिका  उदासिन देखिन्छ भने  वार्ड अध्यक्ष मूकदर्शक छन् । बजार क्षेत्रमा त बाटोको यस्तो हालत छ अन्य स्थानको कुरा गरी साध्य छैन् ।
यस्तै आक्रोशित स्थानियबासीले भन्छन्; भ्यू टावर होइेन् सडक पिच चाहियो । नगरपालिकाले भिउ टावर टिङृगृग बनाउने बाहेक कुनै कुरामा चासो दिएको छैन् । भद्रीखोला लाइन कुर बेहोरे लगायट सडकमा कुनै चासो दिदैन्, उता कुर आफ्नो घरतिर जाने भित्री सडक भने मेयरले पिच गरेका छन् । भने स्वास्थ चौकी आफ्नो घर टोललाई पाहेक पर्ने गरि बनाएका छन् ।
यस वार्डका सडक वर्षा याम होस् कि हिउदमा धुलोले अस्तव्यस्त देखिन्छ । तर पनि स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित निकायको अहिलेसम्म ध्यान पुग्न सकेको छैन् ।

अन्य समाचारहरु