ढिकुराको डेभाका डा. रुद्र मरासिनी वीर अस्पतालको प्रमुखमा नियुक्त


धुर्बराज आचार्य
ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ साबिक ढिकुरा गाबिसको डेभा घर भएका युवा डाक्टर रुद्र मरासिनी युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त हुनुभएको छ । 
ढिकुराको डेभाका बुवा प्रेमनारायण मरासिनी एवं माता राधा मरासिनीका छोरा डाक्टर रुद्र मरासिनी युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त हुनुभएको हो । 
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ट्रमा सेन्टरका चिकित्सक डा. मरासिनीलाई प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरेको थियो । २०३३ सालमा जन्मेका उनी भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट समेत हुनुहुन्थ्यो । उहा वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ रहेको जनाइएको छ । अहिले उहा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत हुनुहुन्थ्यो । 
गाउँ कै सरकारी बिध्यालय श्री बराह प्राथमिक बिध्यालय दारिमपाटा (डेभा) र श्री जनजागृती मावी धनचौरबाट अध्यन गर्नुभएका डाक्टर मरासिनी बनारस हिन्दी बिस्वबिध्यालयबाट आईएससी उतिर्ण गर्नुभयो त्यसपछि बिपि मेमोरियल अस्पताल धरानबाट एम. बि. बि एस. गरि संखुवासभा जिल्ला अस्पतालमा प्रथम पटक नियुक्त हुनुभएको थियो । 
त्यसपछि वीर अस्पताल काठमाडौमा एम.डि. गरे लगत्तै भरतपुर अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको हैसियतमा लगभग  ७ बर्ष सेवा गर्नुभयो। भरतपुर अस्पतालमा रहँदा अस्पताल सुधार गरेको भन्दै मरासिनी सम्मानित पनि हुनुभएको थियो। तत्पश्चात हालसम्म राष्ट्रिय ट्रमा सेन्टरमा अर्थोपेडिक्सको रुपमा कार्यरत हुनुहुन्थ्यो। 
बिकट गाउँको सामान्य परिवारमा जन्मे हुर्केका डाक्टर मरासिनी आफ्नो इमान्दारिता, मेहेनत र लगनशीलताले गर्दा देशकै प्रमुख अस्पतालको प्रमुख पदमा नियुक्त हुनुभएको छ । मरासिनीले मंगलबारदेखि नै कार्यभार शुरु गर्ने जनाइएको छ ।

अन्य समाचारहरु