अर्घाखाँचीडट्कम संवाददाता
किमडाँडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको साविक किमडाँडा गाबिस वार्ड नम्बर ६ का पुर्व वार्ड अध्यक्ष वीर बहादुर सुनारको निधन भएको छ ।
साविक किमडाँडा गाबिस वार्ड नम्बर ६ का पुर्व वार्ड अध्यक्ष तथा एमाले जिल्ला कमिटी सचिवालय सदस्य वीर बहादुर सुनारको ६७ वर्षको उमेरमा कोरोना संक्रमणका कारण लुम्बिनी प्रदेशीक अस्पताल बुटवलमा गएराती ११:३० बजे निधन भएको हो ।
सुनारलाई कोरोना संक्रमण भएपछि जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको क्रम स्वास्थ्य अवस्थ्या जटिल भएपछि लुम्बिनी प्रदेशीक अस्पताल बुटवलको आइसियुमा राखेर उपचार गरिरहेको थियो ।
नेकपा एमालेले निष्ठवान नेता गुमाएको भन्दै नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले दिबंगत बिरबहादुर सुनार प्रति भाबपूर्ण श्रद्धाञ्जली अर्पर्ण गदै शोकाकुन परिबारजनप्रति गहिरो सम्बेदना प्रकट गरेका छन् ।
नेकपा एमाले अर्घाखाँचीले तीन दिन सम्म पार्टिका कुनै पनि औपचारी कार्यक्रम नगर्ने , तीन दिन सम्म पार्टिको झण्डा आधा झुकाउने र १३ दिन सम्म पार्टि कार्यालयमा शोक पुस्तीका राख्ने निर्णय गरेको छ ।
दलित आन्दोलनको अगुवा नेतृत्व र तत्तकालिन समय सुनार किमडाँडा गाबिस वार्ड नं ६ को वडा अध्यक्षको रुपमा रहेर सामाजिक क्षेत्रमा उल्लेखनीय योग्दान गरेका थिए ।
सुनार राजनीतिक बाहेक सामाजिक कार्यमा संलग्न थिए । सुनारका ३ छोरा र एक छोरी रहेका छन् । स्व. सुनार बागी खोलामा मंगलवार अन्त्यष्टी गरिएको छ ।
उता यसअघि गत श्रावण १० गते आइतवार सन्धिखर्क नगरपालिका वार्ड नम्वर ८ किमडाँडाका वडाध्यक्ष इश्वरी प्रसाद भुसालको कोरोना संक्रमणका कारण उपचारको क्रममा काठमाण्डौको हेम्स अस्पतालमा ६१ बर्षको उमेरमा निधन भएको थियो ।