अर्घाखाँचीका क्यान्सर पीडित बालकको पैसा नहुँदा दिल्लीमा उपचार भएन्, रोजगारीमा गएका बाबुआमा भन्छन्; छोरा बचाईदिनुस्


अर्घाखाँचीडट्कम संवाददाता 
दिल्ली (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुराका क्यान्सर पीडित एक बालकको उपचारका लागि आर्थिक समस्या परेको छ । 
ढिकुराका भिम बहादुर रायमाझीका ५ वर्षिय बोन म्यारो क्यान्सर पीडित छोरा आयुस रायमाझीको उपचारका लागि आर्थिक समस्या परेको हो । अहिले उनको अल इंडिया इंस्टीट्यूट ऑफ मेडिकल साइंसेज दिल्लीमा उपचार चलेता पनि पैसाको अभावले घर फर्कने अवस्थामा पुगेको छ । 
उपचारमा रेखदेख गर्दै आएका खाप्डाँडाका नारायण शर्माका अनुसार रायमाझीका परिवारको आर्थिक अवस्था सार्है दयनिय रहेको छ । उनिहरुले दिल्ली स्थित नेपाली राजदुतबासमा अनुरोध गरेर केही शुल्क छुट वा निशुल्क गर्न सिफारिस गराएता पनि अस्पतालले कुनै छुट दिएको छैन् । पैसाका कारण अब उनको उपचार रोकिएको छ ।  
आयुसलाई क्यान्सर भएको ३ वर्ष अगाडि थाहा भएको थियो । उनको सोही समयदेखि पैसा ऋण गरी, सम्पत्ति बेच्दै उपचार चल्दै आएको थियो । 
दिल्लीमा रोजगारीका लागि बसेका  बाबु भिम बहादुर रायमाझी र आमा सावित्रा रायमाझीले आफ्नो छोरालाई बचाउन सक्दो सहयोग गर्न अनुरोध गरेका छन् । 
कसैले आयुस रायमाझीलाई बचाउन सहयोग गर्नुपरेमा ८८६०३९९०१० नम्बरमा संपर्क गर्न सकिने बताइएको छ ।