अर्घाखाँचीमा खड्काको दुर्व्यवहारमा परेका डा. कपिल गौतमले न्याय पाएनन्, जिल्ला छोड्ने


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । पुर्व राष्ट्रिय सभा सदस्य तथा नेकपा एमाले नेता चन्द्रबहादुर खड्का उज्वलबाट दुर्व्यवहारमा परेका अस्पताल प्रमुख डा. कपिल गौतमले अर्घाखाँची जिल्ला छोड्ने भएका छन् । 
साउन १३ गते बुधवार खड्काबाट एम्बुलेन्स भित्र थुनेर दुर्व्यवहारमा परेका अर्घाखाँची अस्पतालका प्रमुख  डा. गौतमले जिल्ला छोड्ने भएका हुन् । 
डा. गौतमले बुधवार सामाजिक सन्जालमा पोस्ट गर्दै उनले अहिलेसम्म सरुवा नभएको तर प्रक्रियामा रहेको प्रष्ट पारेका छन् ।
अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसाल र अस्पताल प्रमुख डाक्टर गाैतमले साउन १४ गते बिहीवार एक विज्ञप्ती जारी गरी डा. गौतमलाई एम्बुलेन्स भित्र थुनेर दुर्व्यवहार गर्ने खड्कालाई  कारबाही गर्न माग  गरेता पनि अहिलेसम्म कुनै सुनुवाई हुन सकेको छैन् । उनले एम्बुलेन्स भित्र थुनेर दुर्व्यवहार गर्दा पनि अर्घाखाँचीमा न्याय नपाएर जिल्ला छोड्ने तयारी गरेको जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले बताएका छन् । 
डा. गौतमले सामाजिक सन्जालमा गरेको पोस्ट दुर्व्यवहारको कुरा नखुलाएता पनि घटनापछि उनी सार्है दु:खी निरास रहेको बताईएको छ । उनी गत शुक्रबारदेखि नै आफु अर्घाखाँचीमा बस्न नसक्ने भन्दै सरुवाका लागि केन्द्र र प्रदेशमा प्रक्रिया चालेका थिए । 
यस्तै डा. गौतमले बुधवार सामाजिक सन्जालमा यस्तो लेखेका छन्;  
उता अर्घाखाँची अस्पताल बिकास समिती अध्यक्ष श्रीकृष्ण भुसालले अहिले कार्यरत निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कपिल गौतमले केही समय अघि देखि नै अध्ययनको लागि अनुकुल हुने गरि सरुवा हुने मनस्थिती बनाउनु भएको थियो र  वहाँको सरुवाको चाहनालाई त्यसपछिका अन्य कुनै प्रसंगसँग नजोडौं भनेता पनि उनले जिल्ला छोड्ने प्रक्रियामा गएको कारण दुर्व्यवहार  नै भएको बताइएको छ । 
भुसालको विज्ञप्ती यस्तो छ: 

खड्काले आफ्नी आमा कोरोना संक्रमितलाई काठमाडौं रिफर गर्ने सिलसिलामा साउन १३ गते बुधवार अर्घाखाँची अस्पतालका प्रमुख  डा. कपिल गौतमलाई एम्बुलेन्स भित्र थुनेर दुर्व्यवहार गरेका थिए ।  
खड्काले  कोरोना संक्रमित आफ्नो आमालाई जिल्ला अस्पतालबाट रिफर गरि काठमाडौं लैजाने क्रममा सो व्यवहार गरेका थिए । साथै खड्काले एम्बुलेन्समा लात्ती प्रहार गरेका थिए ।
साथै अस्पताल स्रोतका अनुसार डा.गौतम आज मेडिकल  डियुटीमा नभएता पनि जिल्लाबाट पुर्व राष्ट्रिय सभाको सदस्य भएको नाताले आफै अक्सिजन मिलाउन एम्बुलेन्समा चढेको बखत एक्कासी एम्बुलेन्सको ढोका बन्द गरि यसलाई पनि काठमाडौं लगेर हिड यिनी डाक्टरको काम छैन भनी मानसिक तनाव दिनुका साथै एकछिन एम्बुलेन्समा थुनेका थिए। डा. गौतमलाई स्थानियबासीहरुले एम्बुलेन्सबाट उद्दार गरेका थिए । उनलाई ८ मिनेट जती एम्बुलेन्समा थुनेको स्थानियबासीहरुले बताएपनि स्पष्ट हुन सकेको छैन् ।      
त्यस्तै डियुटिमा खटिएकी डा.पुजा पन्तलाई त को होस ? भन्दै अभद्र दुर्व्यवहार गरेको र रिसमा डाक्टरहरूलाई तथनाम गालिगलौज गर्दै एम्बुलेन्सलाई लात्तीले हानेको प्रत्यक्षदर्शीले बताएका थिए ।  
डा. गाैतमले भने “स्वास्थ्यकर्मीमाथी अभद्र व्यवहार गर्नुका साथै अक्सिजन मिलाईदिन भित्र पठाएर एम्वुलेन्सभित्र केहिबेर मलाई थुन्नुभाे ।”  “बिरामी बाेक्ने पवित्र एम्वुलेन्सलाई लात्ताले हिर्काउनुभाे ।”
स्वास्थ्यकर्मीहरुकाे मनाेवल गिर्नेगरि सम्मानित व्यक्तिबाट व्यवहार हुँदा आफुलाई निकै दुख लागेकाे गाैतमले बताए थिए ।  
” केही असामान्य व्यवहार सहित हामीमाथि दुर्व्यवहार भएकाे हाे ।” गाैतमले भने “तर हातपात नै भएकाे र भाैतिक आक्रमण भएकाे अवस्था चै हाेइन ।”
उता गत २०७८ ज्येष्ठ १७ गते सोमवार सम्पन्न उपनिर्वाचनमा एमाले अर्घाखाँची जिल्ला ईन्चार्ज चन्द्रबहादुर खड्का पराजित भएका थिए । भने विपक्षी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका दृगनारायण पाण्डेय विजयी भएका थिए ।  पाण्डेयले  खड्कालाई ५४६ मतभारले हराएका थिए । पाण्डेयले  ४१४० र खड्काले  ३५९४ मत पाएका थिए ।
अर्घाखाँची जिल्लाबाट राष्ट्रिय सभा सदस्य रहेका खड्का निर्वाचित भएको दल नेकपा (माओवादी केन्द्र) छोडेर नेकपा (एमाले)मा प्रवेश गरेपछि वैशाख १५ गते बुधवार उनि पदमुक्त भएका थिए ।