काठमाडौँ । सरकारले आजदेखि क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र वितरण गर्ने भएको छ ।
वैदेशिक रोजगारीमा जाने सबैले अनिवार्यरूपमा विद्युतीय खोप प्रमाणपत्र लिनुपर्ने भएपछि यसलाई व्यवस्थित गर्न सरकारले क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र वितरण गर्न लागेको हो ।
त्यसका लागि https://vaccine.mohp.gov.np/public-request-form मा गई अनलाइन रजिष्ट्रेसन गरेर फारम भर्न सकिने जनाइएको छ। अनलाइनमार्फत तोकिएको ढाँचामा फारम भरी मागिएका कागजातहरु अपलोड गर्नुपर्ने हुन्छ ।
विद्युतीय खोप प्रमाणपत्रका लागि अनलाइन सेवा सुरु गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
अनलाइनबाट अपलोड गर्न नसक्नेहरुको लागि भने स्वास्थ्य मन्त्रालयले आज बिहान १० बजेदेखि हरेक दिन राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा गएर कागजातहरु पेश गर्नुपर्ने व्इवस्था मिलाइएको छ ।
क्युआर कोडका लागि राहदानी, खोप कार्ड, विदेश जानेको हकमा भिसा र टिकटको फोटोकपी आवश्यक पर्नेछ । खोपको मात्रा पूरा गरेका सबै व्यक्तिहरूलाई क्यूआर कोडसहितको विद्युतीय प्रमाण पत्र उपलब्ध गराउँदै जाने मन्त्रालयले जनाएको छ । रेडियो नेपालमा समाचार छ ।