बिक्रम आचार्य रातोप्रेस
जुकेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. ६ जुकेनाको दाङसिङ पाखापानीमा बसोवास गर्दै आएका बादी समुदायको मादल बनाउने पेसा संकटमा परेको छ ।
विश्व महाभारीको रुपमा फैलियको कोभिड-१९ को कारण देश लक डाउन तथा निषेधाज्ञामा हुदा हाम्रा राष्ट्रिय चाडपर्व पनि प्रभावित बनेका छन हरितालिका तीज तथा दिपाबली तीहारमा भैली देउसिरे को नाचगान नहुदा मादलको माग घटेकाले मादल बनायर जीविकोपार्जन गर्दै आएका बादी समुदायको पेशा संकटमा परेको हो ।
शितगंगा नगरपालिका वडा नं ६ दाङसिङ पाखापानीमा बसोबास गर्दै आएका बादी समुदायहरुले परम्परागत रुपमा मादल बनायर मादल मर्मत गरेर त्यसबाट आउने आर्थिक आम्दानीले जीविकोपार्जनको गर्दै आएका थिए। तर, पछिल्लो समय कोभिड-१९ को महामारीको कारण स्थानीय रुपमा तीजको नाचगान तथा दिपावलीमा नाचिने देउसी भैली सन्चालन नहुदा उनीहरु अन्य पेशा व्यवसाय अँगाल्न बाध्य भएका छन्।
पहिले श्रावण सक्रान्ति देखि हाम्रो सिजन सुरु हुन्थ्यो त्यो निरन्तर माघ सम्म चल्थ्यो तीज र तिहारमा दिन रात काम गथ्यौ अहिले कसैले मादल चाहियो पनि भन्दिन मर्मत सम्हार गर्न पनि ल्याउदिनन बोमु बादीले बताए। उनले भने, ‘पहिले मादल बनायर सिजनमा १ लाख देखि १ लाख ५० हजार रुपैयाँ आम्दानी हुन्थ्यो। परिवार पाल्न सजिलो थियो। तर आज भोलि मादल विक्रि नै छैन मर्मत पनि आउदिन सय रुपैयाँ कमाउन पनि मुस्किल हुने गर्छ।’
पहिला तीज गित प्रतयोगिता हुन्थ्यो क्लब समुहका भैली नाच हुन्थे सबैले पहाडको राम्रो मादल चाहियो भनेर तराईवासिले अग्रिम भन्ने गर्थे म अपाङ्ग छु बसेर मादलमा खरि लगाउने ताना कस्ने गर्थे मेरा छोराछोरी पाल्नै कठिन भयको र घर जलेको घर बनाउन पनि नसकेको वा दि समुदायको लागि सरकारले घर बनाईदिने भनेर पटक पटक वडामा निवेदन दियपनि शुनुवाई नभएको गुनासो टिका वादिले गरे ।
उनी एक प्रतिनिधी पात्र मात्र हुन् । उनी जस्तै देशमा छरिएर रहेका वादी समुदाय जसले मादल बनाउने पेशाले जिविका चलाएका छन उनीहरु सबैको पेशा संकटमा परेको छ । यस परिस्थितिमा सम्बन्धित स्थानिय निकायले विशेष राहतको कार्यक्रम ल्याउनु पर्ने वादी समुदायले माग गरेका छन् ।