हृदय भुसाल
जुकेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । मनभरी पिडा छ,मनमा सन्तोस छैन्,न त बस्ने घरनै छ न खाने गाँस छ,हाम्रो पिडा कस्ले कहिले बुझीदिने, गहभरी आसु निकाल्दै अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. ६ जुकेनाको दाङसिङ पाखापानीका ४२ बर्षिय टिका वादी भने, सरकार खोई,कहाँ छ सरकार प्रतिनिधी कहाँ छन्,आसु बगाउदै भने भोक निद्रा सवै हरायो ।
जुकेनाको दाङसिङ टोलका वादी उत्पीडित समुदाय वस्तीका गरिब,जनता मात्र त्रिपालको सहायतामा बाचिरहेका छन्। सामान्य खालको घर,त्यो पनि पानी बलेनी नै नपर्ने छानो नै नभएको घरमा दिनहरु बिताउन बाध्य भएका छन् ।
सोही स्थानकै ३९ बर्षिय बिष्णु बादीले भने,‘हाम्रो पिडा सुन्ने कोही छैन,पटक पटक घर बनाउने टिन दिने भनेर आश्वासन दिए पनि हामीहरुलाई अहिले सम्म दिएनन, गाउँमा सरकारको टिन लियर लगाएको हामीहरुले नै देखिरहेका छौ,हाम्रो आबाज सुनियन,किन गरिबको कुरा सुनिदैन कि?,
२८ बर्षिय बोमु बादी शारिरिक हिसाबले पनि अंपाग हुन् । उनी घरमै बसी बसी मादल बनाएर परिवारको गुजरा चलाएका थिए । तर अहिले उनी निकै पिडमा छन्,।उनले भने,हाम्रो त घर भन्ने भएन, बरु ठुलो रुख मुनी गयर बसे सुरक्षित हुन्छौ जस्तो लाग्न थाल्यो,घाम पानी संग त लडेकै छौ भोक संग पनि लड्न परेको छ धेरै दिन भयो खाना पुरा पेट खाने स्थिीती छैन,।वादीले अगाडी भने,‘मादल बनायर खाने गर्थे,अहिले कोरोका कारण सवै चाडपर्वहरु सुनसान हुदा पेशा पनि बन्द जस्तै भयो अरु काम गर्न पनि बन्द छ गर्नलाई पनि जमिन छैन, बाच्न पनि धौ धौ नै परेयो सरकार कहाँ छ,दुखी गरिबका कुरा कस्ले सुन्ने हो कस्लाई भन्नु पर्ने हो’।
सोही वाडका ६१ बर्षिय भवनेश्वर आचार्य पनि पँहुचवालाहरुलाई मात्र टिन पाउने गरको गुुनासो गर्छन् । ३७ बर्षिय सिता बिकको पनि गुनासो उस्तै छ पटक पटक वाडमा नगरपालिकामा गयर कुरा गर्दा पनि टिन सबैले पाए मैले पाईन,उनले भनिन, ।
जनता आवास कार्यक्रम अन्र्तगत घर निमार्ण सम्मको प्रकृया अगाडी वढाई खाता सम्म खोलेको तर अन्तिममा आएर काम हुन नसकेको सितगंगा ६का वाड अध्यक्ष रिसी रेश्मीले बताए । अध्यक्ष रेश्मीले भने,‘निकै पिडादायक स्थिीती छ,हामी गंभिर छौ,राहत दिने गरि यो बर्ष सिफारिस गरेर काम अन्तिममा पुग्दा पनि पैसा दिन सकियन कर्मचारीले ढिला भो काम गर्न सकियन भन्नु भो हामी निकै बिवस छौ, यो बर्ष जसरी पनि काम समयमै गर्ने योजनामा छौ,।
योजना तथा कार्यक्रमको प्रकृया नै ढिलो गर्दा काम गर्न नसकिएको नगरपालिका प्रमुख प्रशासकिय प्रेम बहादुर केसी बताए । उनले भने, असार मसान्तको अन्तिम दिन सम्म उहाँहरु खाता खोल्ने काम गर्दै हुनुहुन्थ्यो, सरवरले काम नगर्दा अहिले काम हुन सकेन,अन्तिममा कामको पनि चाप भयो।
धेरै पटक गुनासो समस्याहरु राख्दा पनि वाड र नगरपालिकाले ब्यवस्था गरेको जनताको समस्याप्रति जिम्मेवार नभएको सोही वाडका समाजसेवी तथा सञ्चारकर्मि बिक्रम आचार्यले बताए । आचार्यले भने,‘वादी समुदायका केही वस्तीको अवस्था हेर्दा निकै पिडादायी नै छ,कति पटक भन्नु जनताको काम गर्नलाई कस्ले रोकेको हो,पँहुचको आधारमा मात्र काम गर्ने आवाज बिहिन हरुको आवाज कहिले सुन्ने’।
अशिक्षित गरिब,उत्पिडित समुदायका नागरिकलाई राज्यको प्रकृया कसरी थाहाँ हुन्छ ्उनीहरुलाई दोष दिने ठाउँ छैन् ।उनीहरुलाई अहिले सम्म पनि परिबर्तन बिकासले थोरै पनि किन छुन सकेको छैन् ।किन सरोकारवालाहरु गैहजिम्मेवार छन् अझै पनि जनताप्रति उतरदायी छैनन्, जनप्रतिनिधी र कर्मचारी जिम्मेवार नहुदा बजेट भयर पनि काम हुन सकेन,निरन्तर खवरदारी गरौ ।