धारापानी अब खरकाे छाना मुक्त | गरिबलाई ठूलो राहत


अजय के.सी 
धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ४ धारापानी अब खरकाे छाना मुक्त भएको छ । 
गरिब, दलित, अपाङ्ग, पिछडिएका परिवारलाई  खरको छाना मुक्त बनाउने अभियान अन्तरगत धारापानी अब खरकाे छाना मुक्त भएको हो ।
यहाँ घरको छानो खर र परालका भएका ४९  घरधुरीमा जस्ता पाता (टिन) लगाइएको वार्ड कार्यालयले अर्घाखाँचीडट्कमलाई बतायो ।  खरको छाना हटाउन रकम नगरसभाबाट विनियोजन गरिएको थियो ।  
खरका छाना भएको कारण आगलागीको जोखिम हुने, वर्षामा पानी चुहिने भएकोले धारापानीलाई खर छाना मुक्त वार्ड बनाउने निर्णय गरेको थियो  । घरका छानामा खर र पराल हटाएर जस्ताका पाता लगाउँदा गाउँको सौन्दर्य समेत बढ्ने र परबाट हेर्दा धनी र गरीबको अवस्था समेत नछुट्टिने वार्ड कार्यालयको भनाई छ । 
पैसा अभावमा खरको छानो चुहिएर बर्खा कष्टका साथ बिताउँदै आएका गरिबलाई भने ठूलो राहत भएको छ ।

अन्य समाचारहरु