कुलमान घिसिङ विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकमा नियुक्त


काठमाडौँ – नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोस्रो कार्यकालका लागि नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेर बुधबार नियुक्तपत्र दिइएको हो।
गत वर्ष भदौ २९ गते चार वर्षे कार्यकाल पूरा गरेका घिसिङको पुनःनियुक्तिका लागि जनस्तरबाट चर्को दबाब परे पनि तत्कालीन प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेका थिए।
दैनिक १८ घण्टासम्मको लोडसेडिङ हटाउन भूमिका खेलेका घिसिङ जनस्तरमा निक्कै लोकप्रिय छन्।
माओवादी केन्द्रसहित कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेपछि घिसिङलाई दोस्रो कार्यकालका लागि नियुक्त गरिएको हो।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रमान शाक्यलाई सरकारले जल तथा उर्जा आयोगमा सरुवा गर्ने भएको छ। विशिष्ट श्रेणीको पदसहित उनलाई आयोगमा पठाउने निर्णय भएको ऊर्जा मन्त्रालयले जानकारी दियो। देशसन्चारमा समाचार छ ।