अनिल नेपाली
बल्कोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको बल्कोटमा प्राथमिक स्वास्थ्य केन्द्रले कोभिड १९ सम्बन्धी सचेतना ¥याली कार्यक्रम सम्पन्न गरेको छ ।
पछिल्लो समय छत्रदेव गाँउपालिकामा कोरोना सक्रमण समुदाय स्तरमा व्यापक रुपमा फैलिएकोे भन्दै कोरोना भाइरसको सक्रमणबाट सुरक्षित रहन आम नागरिकलाई आग्रह गर्दै मास्क लगाउन सर्वसाधरणलाई सचेत गराउनका लागि ‘तपाईंको मास्क खै’ अभियान चलाइएको हो ।
कोरोनाको दोस्रो लहरबाट प्रभावित पारिरहेको बेला फेरि तेस्रो लहरको फैलिन सक्ने भन्दै माक्स लगाउन अनिवार्य रहेको ‘तपाईंको मास्क खै’ अभियान चलाइएको कार्यालय प्रमुख विष्णु प्रसाद खनालले बताउनुभएको छ । कोभिड १९ सचेतना ¥याली प्राथमिक
स्वास्थ्य केन्द्र बल्कोट परिसर बाट सुरु भई चिदिका गई समापन भएको थियो ¥यालीमास्वास्थ्य कर्मी सहभागीता रहेको थियो ।
मास्क नलगाइ हिड्ने पैदल यात्रु चोकचोक घरमा बसेका १५० जना लाई मास्क बितरण गरिएको अहेब हरिहर पराजुली बताए । मास्क प्रयोग नगरी हिड्ने सर्वसाधरणलाई मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुन पानीले हात धुन सचेतमुलक कार्यक्रम गरिएको कार्यालय प्रमुख खनालले बताउनुभएको छ । यो अभियान निरन्तर रुपमा चलिरहने ल्याब अस्सिटेन्ट होमनाथ विकले बताए ।