अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री पद ३ महिना ७ दिनमा गुमेपछि चेतनारायण आचार्यले सम्पूर्ण सेवा सुविधा मन्त्रालयमा फिर्ता गरेका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि कानुन मन्त्री चेतनारायण आचार्यको पद गुमेको हो । आचार्यले मन्त्रीको हैसियतले प्रयोग गर्दै आएका सेवा सुविधा मन्त्रालयमा फिर्ता गर्नुका साथै आजै आवास छोडी डेरामा बस्न शुरु गरेका छन् ।
साथै आफु चढदै आएको गाडी नयाँ मुख्य मन्त्रीको सपथपछि भोली बुझाउनु छन् । यस्तै उनका निजि सचिवालयको लागि लिएका सबै सुविधा आजै फिर्ता गरेका गरिएको बताइएको छ ।
अर्घाखाँची जिल्लाका नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष तथा प्रदेश सभाका सदस्य रहेका आचार्य गत वैशाख २१ गते मंगलवार लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका थिए । उनलाई मुख्यमन्त्री पोखरेलले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गरेका थिए ।
२०७४ मंसिर २१ र २३ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम गठबन्धन (नेकपा एमाले)बाट अर्घाखाँची प्रदेश सभा क्षेत्र नम्बर १ सदस्यमा आचार्य विजयी भएका थिए । आचार्यले नेपाली कांग्रेसका उम्मेदवार बिष्णु प्रसाद खनाललाई १०,६१४ मन्तारले जितेका थिए । वाम गठबन्धनका उम्मेदवार आचार्यले २४,७५१ मत पाएका थिए । भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खनालले १४,१३७ मत पाएका थिए ।
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री मा. चेतनारायण आचार्य द्वारा मुख्यमन्त्री शंकर पोख्रेलले राजिनामा दिनुभए पाेछि मन्त्रीको हैसियतले प्रयोग गर्दै आउनु भएकाे सेवा सुविधा मन्त्रालयमा फिर्ता गर्नु भएकाे छ। आजै आवास छोडी डेरामा बस्न सुरु गर्नु भएकाे छ । आफु चड्दै आएको गाडी नयाँ मुख्य मन्त्रीको सपथ पछि भोलि बुझाउनु हुनुहुने छ। निजि सचिवालयले लिएकाे सबै सुविधा आजै फिर्ता गरेका छाै ।
मन्त्री आचार्यको बारेमा:-
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ साविक अर्घा – ३ को अधेरीमा वि.स २०२५ साल जेष्ठ २५ गते बुवा टिकाराम आचार्य र माता तारादेवी आचार्यका माइलो छोरा हुन् । बुवा स्व. टिकाराम नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीका संस्थापक सदस्य थिए । साथै कानुनमा स्नातक तह पढेका आचार्य भुमिगत राजनीति २०४० सालबाट शुरु भएको थियो । यस्तै २०४४ – २०६६ सालसम्म जिल्ला कमिटी सचिव, २०६६ – २०६९ सालसम्म अञ्चल कमिटी सचिवालय सदस्य थिए । र २०७० सालदेखि हालसम्म एमाले जिल्ला कमिटी अध्यक्ष रहेका छन् । साथै आचार्यका परिवारमा श्रीमती दिपा पन्थी आचार्य र छोरा डाक्टर सुबाष आचार्य र छोरी डाक्टर सुप्रभा आचार्य रहेका छन् । साथै आचार्य २०७८ वैशाख २१ गते बुधवारदेखि २०७८ साउन २७ गतेसम्म ३ महिना ७ दिन लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका थिए ।
अर्घाखाँचीका चेतनारायण आचार्य लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त