मङ्गलोर, जेठ ८ – दुबईबाट १ सय ७३ यात्रु लिएर आएको एयर इन्डिया एक्सप्रेस एयरक्राफ्ट मङ्लोर विमानस्थलमा अवतरण हुने क्रममा दुर्घटनामा हुँदा कम्तिमा १ सय ६० जनाको मृत्यु भएको छ। विमानस्थलभन्दा १० किलोमिटर नजिकको एक स्थानमा विमान दुर्घटना भएको हो। कर्नाटक राज्यका गृह मन्त्री भीएच आचार्यले घटनाको जानकारी दिँदै विमानमा आगो लागेको बताए।
एम्बुलेन्स र अग्नी नियन्त्रक घटनास्थलमा पुगिसकेको बताइएको छ। दुर्घटनामा परेको बोइङ ७३७ – ८०० मा १ सय ६३ यात्रु र १० चालक दलका सदस्य र सहयोगी थिए। रनबेभन्दा फरक बाटोबाट विमान ओर्लिएकाले दुर्घटनामा परेको विमानस्थल स्रोतले जनाएको छ। आज विहान ६ बजेर ३० मिनेट जाँदा विमानसँगको सम्पर्क टुटेको थियो।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।