अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क – गोरुसिंगे जोड्ने कालोपत्रे सडक जीर्ण बन्दै गएको छ । नियमित मर्मत नहुँदा सडक बिग्रदै गएको हो ।
अहिले दर्जनौ स्थानको कालोपत्रे उक्किएर सडकमा ठूला–ठूला खाल्डा परेका छन्। सडक भासिएको छ भने, कतै पानी जमेर सडक नै पोखरी बनेको छ।
सडक डिभिजन कार्यालय अर्घाखाँचीको जिम्मामा रहेको यो सडकमा सवारी साधनसँगै पैदल यात्रुलाई समेत हिँड्न सकस हुने गरेको स्थानियले बताएका छन् ।
यस्तै सन्धिखर्कदेखि भूमिकास्थान नगरपालिकाका कयौ पिच भत्किएर बनेको खाल्डोमा पानी जम्दा सडकमै पानीको ठूला पोखरी बन्नुका साथै दुर्घटना जोखिम बढेको देखिन्छ । उहाँले सडक मर्मतका लागि कसैको ध्यान नपुगेको गुनासो स्थानियबासीको रहेको छ ।
जिल्लाभर टिपर ढुङ्गा बोकेर दिनहुँ ओहोरदोहोर गर्छन। सडकको क्षमताभन्दा ओभरलोड सामाग्री बोकेर टिप्पर हिँड्दा सडक जिर्ण बन्दै गएको स्थानीयको गुनासो छ । बेला बेलामा ठाउँ ठाउँमा पहिरोको अलवा सडकको खाल्डाखुल्डी मर्मत सम्भार नहुँदा सास्ती खेप्दै आएको स्थानीयबासी बताउन्छन् ।