अर्घाखाँची जिल्ला कारागारमा कोरोना संक्रमण फैलियो, लगभग सबै संक्रमित


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला कारागारमा कोरोना संक्रमण फैलिएको छ ।
आटिकापाटामा रहेको जिल्ला कारागार अर्घाखाँचीमा बिहीवार ६४ जना बन्दीहरुमा गरिएको एन्टिजेन परिक्षणमा ६० जनामा पोजेटिभ रहेको पाइएको हो । जस अनुसार ९३.७५ प्रतिशतमा पोजेटिभ रहेको देखिएको छ ।
सन्धिखर्क नगरपालिका र स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा जिल्ला कारागार अर्घाखाँचीमा एन्टिजेन परिक्षण गरिएको थियो । आटिकापाटा क्षेत्र सिल गरिएको छ । साथै यो क्षेत्रमा सबैलाई एन्टिजेन परिक्षण गरिने भएको छ । 
उता काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ७९ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २६  जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १३,     मालारानी गाउँपालिकामा १३,       पाणिनी गाउँपालिकामा ९   र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।