असुरकोट र खिल्जीमा स्वास्थ्य सामाग्री वितरण कार्यक्रम सम्पन्न (फोटो सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
असुरकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड ५ असुरकोट र ६ खिल्जीमा स्वास्थ्य सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । 
देश विदेशमा रहेका युवाहरुको पहलमा असुरकोटको स्वास्थ्य चौकी र  खिल्जीको उपस्वास्थ्यचौकीमा कार्यरत महिला स्वास्थ्य  स्वयम सेविकाहरुलाई स्वास्थ्य सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको हो ।
असुरकोटको स्वास्थ्य चौकीमा एकथान बेड, सेनिटाइजर, पिपीइ, अक्सोमिटर, थर्मल गन, बिपी सेट, माक्स, कफ सिरप, ग्लोभ्स, भिटामिनहरु, लगायतका सामग्रीहरु सहयोग हस्तान्तरण गरिएको छ । 
यस्तै खिल्जीको उपस्वास्थ्यचौकी एक डेलिबरी बेड,  एक थान डप्लर,  केहि थान थर्मल गन,  थर्म मिटर,  माक्स,  स्कृन ( पर्दा),  अक्सिमिटर,   ग्लोब्स, भिटामिन सि.डी, मल्टिभिटामिन,  सिटामोल , बिपी सेट,  कफ सिरप लगायत सामाग्रीहरु सहयोग हस्तान्तरण गरिएको छ ।
साथै प्रहरी चौकी खिल्जीलाई पनि माक्स,  सेनिटाइजर लगायतका सामाग्री प्रदान गरिएको थियो । 
असुरकोटको स्वास्थ्य चौकी र  खिल्जीको उपस्वास्थ्यचौकीमा कार्यरत ३१ जना महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई थर्मोमिटर, झोलामा- अक्सोमिटर,     माक्स,  सेनिटाईजर, ग्लोभ्स  र औषधीका प्याक एक एक थान सहयोग विवरण गरिएको थियो ।
तस्बिर: सन्जय गैरे, फेसबूक 

अन्य समाचारहरु