धारापानीका बेपत्ता युवा अझै फेला परेनन्, बनगाईको कजवे-कोईलीखोलामा खोजी कार्य तिव्र


अर्घाखाँचीडट्कम संवाददाता 
वाणगंगा, कपिलवस्तु  (अर्घाखाँचीडट्कम) । कपिलवस्तु जिल्लाको बनगाई स्थित कपिलधाम कोईलीखोला (कजवे)ले बगाएर बेपत्ता अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड ३ धारापानीका एक युवाको खोजी कार्य तिव्र पारीएको छ । 
प्रहरीले बिहीवार बनगाई स्थित कपिलधाम कोईलीखोला (कजवे) ले बगाएर  बेपत्ता धारापानीका ४५ वर्षिय पशुपति पौडेलको खोजी कार्य तिव्र परेको हो । पौडेललाई शुक्रबार दिउसोसम्म फेला पार्न नसकेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार घटनास्थलदेखि ४ किलोमीटर लक्ष्मणघाटसम्म खोज्दा पनि फेला पर्न सकिएको छैन् ।  
पौडेल  धारापानीबाट आमा बुबा सहित आफ्नो साथीको ब्यक्तिगत गाडीमा बुटवल तर्फ जाँदै गर्दा डोहोंटेबाट बनगाई निस्कने क्रममा बाटोमा पर्ने कपिलधाम कोईलीखोलाले बगाएर बेपत्ता भएका थिए । 
खोलो आएको देखेपछि उनले गाडीलाई खोला साईडमा राखेर कत्रो खोला रहेछ यसो चेक गर्नु पर्‍यो भनेर नदिको किनारामा आउन खोज्दा कजवेको छेउबाट एक्कासी नदिमा परेका र निजलाई खोलाले लगेको देखेका र उनलाई बचाउन पौडन सक्नेहरु खोलातर्फ  बचाउन कोसिस गरेका थिए। तर हेर्दाहेर्दै  खोलाले भासेर देख्न नै नसकिएको र हेर्दाहेर्दै बेपत्ता भएको स्थानीय प्रत्यक्षदर्शीलाई उदृत गर्दै नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका निबर्तमान अध्यक्ष डिलाराम भुसालले बताए । 
पौडेलले केही बर्षदेखि अर्घाखाँचीबाट बसाइँसराइ गरि बुटवलमा ब्यबसाय गर्दै आएका थिए । उत छोरा बेपत्ता भएपछि बुबा आमा अर्धचेत अबस्थामा रहेका छन् ।  
तस्बिर, विवरण: सहयोगी बि. सी. 

अन्य समाचारहरु