अर्घाखाँचीमा आज शुक्रबार ४८ जनाले कोरोना जिते, १० जना संक्रमित थपिए ( सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ७५० जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३६०  जना, भूमिकास्थान नगरपालिकामा १२०,        शितगंगा नगरपालिकामा ५५,       मालारानी गाउँपालिकामा १२६,      पाणिनी गाउँपालिकामा ९० र छत्रदेव गाउँपालिकामा १७ जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ३९२४ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १७२८  जना, भूमिकास्थान नगरपालिकामा ७०७ जना,     शितगंगा नगरपालिकामा ४१२ जना,       मालारानी गाउँपालिकामा ४४८   जना,  पाणिनी गाउँपालिकामा ३५१  जना  र छत्रदेव गाउँपालिकामा २७८ जना संक्रमित रहेका छन् ।   
पछिल्लो २४ घण्टामा ४८ जनाले कोरोना जितेका छन् । साथै जिल्लामा गत वर्षदेखि आजसम्म  ३०९५ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १३४२ जना, भूमिकास्थान नगरपालिकामा ५९० जना,  शितगंगा नगरपालिकामा ३४४ जना,   मालारानी गाउँपालिकामा ३०९ जना,    पाणिनी गाउँपालिकामा २५२ जना   र छत्रदेव गाउँपालिकामा २५८  जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ७९ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २६  जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १३,     मालारानी गाउँपालिकामा १३,       पाणिनी गाउँपालिकामा ९   र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।
शुक्रबारको कोरोना विवरण यस्तो छ: