डिभर्नामा स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न


बसन्त श्रेष्ठ
डिभर्ना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं १२ डिभर्नाका वार्ड  सदस्य नारायण बहादुर बस्यालले वार्ड नं १२ र ११ मा मास्क, स्यानीटाईजर लगायतका अत्यवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएकाे छ ।
काेभिड १९ काे संक्रमण बढिरहेकाे समयमा झेडी आधारभूत स्वास्थ्य केन्द्र र स्वास्थ्य चाैकी डिभर्ना ११ का दुबै  स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएकाे हाे ।
 
सनपा १२ मा केन्द्रका इन्चार्ज सञ्जु केसी र ११ मा वडाध्यक्ष धुर्वराज आचार्य, स्वास्थ्य चाैकी इन्चार्जले स्वास्थ्य सामग्री बुझ्नुभएकाे थियाे । स्वास्थ्य सामग्री बुझ्दै वडाध्यक्ष धुर्वराज आचार्यले बिपदमा भएकाे सेवाले सबै वडाबासीलाई लाभान्बित बनाउने बताउनुभयाे ।
 
स्वास्थ्य सामग्री बुझाउदै नगर सभा सदस्य नारायण बहादुर बस्यालले काेराेना महामारीकाे सबै मिलेर सामना गर्नुपर्ने बताउाुभयाे । बस्यालले सबैले आ- आफ्नाे क्षेत्रबाट सहयाेग गरे बिपदकाे सामना सहज हुने बताउनुभयाे ।

अन्य समाचारहरु