अर्घाखाँचीमा आज आईतबार ६८ जनाले कोरोना जिते, १० जना संक्रमित थपिए ( सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ६१० जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा २८६  जना, भूमिकास्थान नगरपालिकामा ९८,         शितगंगा नगरपालिकामा ४३,      मालारानी गाउँपालिकामा १२६,        पाणिनी गाउँपालिकामा ४७  र छत्रदेव गाउँपालिकामा १० जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ३९३९ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १७३७  जना, भूमिकास्थान नगरपालिकामा ७०७ जना,     शितगंगा नगरपालिकामा ४१२ जना,       मालारानी गाउँपालिकामा ४५४   जना,  पाणिनी गाउँपालिकामा ३५१  जना  र छत्रदेव गाउँपालिकामा २७८ जना संक्रमित रहेका छन् ।   
पछिल्लो २४ घण्टामा ६८ जनाले कोरोना जितेका छन् । साथै जिल्लामा गत वर्षदेखि आजसम्म  ३२५० जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १४२५ जना, भूमिकास्थान नगरपालिकामा ५९४ जना,  शितगंगा नगरपालिकामा ३५६ जना,   मालारानी गाउँपालिकामा ३१५ जना,    पाणिनी गाउँपालिकामा २९५ जना   र छत्रदेव गाउँपालिकामा २६५  जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ७९ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २६  जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १३,     मालारानी गाउँपालिकामा १३,       पाणिनी गाउँपालिकामा ९   र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।
आईतबारको कोरोना विवरण यस्तो छ: