सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्यायो, २०% सांसद वा केन्द्रीय सदस्य भए पुग्ने


सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको  छ।
सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश ल्याउने निर्णय गर्दै अनुमोदनका लागि राष्ट्रपति कार्यालय पठाउने भएको छ।
राजनीतिक दलसम्बन्धी ऐनमा रहेको व्यवस्थामा केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत भए मात्रै दल विभाजन गर्न सकिने व्यवस्था छ।
यो व्यवस्थालाई खुकुलो पार्ने गरी र मन्त्रिपरिषद्ले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्यले दल विभाजन गर्ने व्यवस्था अध्यादेशमा राखिएको एक मन्त्रीले सेतोपाटीलाई जानकारी दिए। सेतोपाटीमा समाचार छ ।