ठाडाको चाक्ला, खाँचीकोटमा प्रहरीको दुर्घटना न्युनिकरण तथा मास्क बितरण कार्यक्रम सम्पन्न (फोटो सहित)


अर्घाखाँचीडट्कम संवाददाता
खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको शिगंगा नगरपालिका वार्ड नं. ४ ठाडाको चाक्ला, सन्धिखर्क नगरपालिका  वार्ड नं. ७ खाँचीकोटमा प्रहरीको दुर्घटना न्युनिकरण तथा मास्क बितरण कार्यक्रम सम्पन्न भएको छ । 
ठाडाको चाक्ला, खाँचीकोटको मैदानमा मंगलवार प्रहरीको दुर्घटना न्युनिकरण तथा मास्क बितरण कार्यक्रम सम्पन्न भएको हो । 
चाक्ला स्थित कामना सेवा बिकाश बैंक शाखा कार्यालय ठाडा, ईलाका प्रहरी कार्यालय ठाडा र अस्थाई ट्राफिक प्रहरी पोष्ट ठाडाको संयुक्त आयोजनामा हाल बिश्व माहामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ सम्बन्धि अण्दाजी २५ जनाको उपस्थितिमा सचेतनामुलक –र्याली निकाली बजार परीक्रमा गरी सचेतनामुलक पर्चा पम्लेट र मास्क बितरण गरीएको थियो । 
यस्तै  जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीबाट सन्धिखर्कको शान्ती बगैचा स्थित खटिएको टोलीले अन्दाजी १५ जना चालकहरुलाई सचेतनामुलक प्रशिक्षण दिनुको साथै मास्क बितरण गरीएएको थियो । साथै अस्थाई ट्राफिक प्रहरी पोष्ट नरपानी र प्रहरी चौकी नरपानीबाट सन्धिखर्क नगरपालिका  वार्ड नं. ७ खाँचीकोट स्थित खटिएको संयुक्त टोलिले अण्दाजी १० जना सर्बसाधरणहरुलाई मास्क बितरण गरी सवारी दुर्घटना न्युनिकरण, कोरोना भाईरस कोभिड १९ सम्बन्धी ३ पटकमा ५० जना चालक तथा सर्बसाधरणहरुलाई प्रशिक्षण दिई मास्क समेत बितरण गरीएको थियो ।