छत्रगंञ्जको टुनिचौरका कुमाल समुदायलाई सोलार बत्ति वितरण कार्यक्रम सम्पन्न, सोलर पाएपछि हर्षित (फोटो सहित)


असलम अली
छत्रगंञ्ज, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ५ छत्रगंञ्जको टुनिचौरमा निशुल्क सोलार बत्ति वितरण गर्ने कार्यक्रम सम्पन्न भएको छ।
छत्रगंञ्जको टुनिचौरका जनजाति समूहमा पर्ने  कुमाल बस्तीमा आज बुधवार सोलार बत्ति वितरण गर्ने कार्यक्रम सम्पन्न भएको हो । 
टुनिचौरका करिब २० घरपरिवारलाई लक्षित गरेर ८०  वाट क्षमता भएको सोलार बत्ति वितरण गरिएको वार्ड अध्यक्ष बालकृष्ण श्रेष्ठले अर्घाखाँचीडट्कमलाई जानकारी दिनुभयो । सोलार बत्ति  वितरण कार्यक्रम प्रमुख अतिथि पालिका अध्यक्ष लेखनाथ पोख्रेल, विशिस्ट अतिथि उपाध्यक्ष तुल्सीदेवी श्रेष्ठ र जनप्रतिनिधिको उपस्थिति रहेको थियो । 
कार्यक्रममा साेलार बत्ती वितरण गर्दै अध्यक्ष लेखनाथ पोख्रेलले आर्थिक वर्ष विनियोजित बजेटबाट दलित उज्यालो–बस्ती कार्यक्रम संचालन गरिएको बताउनु भयो । अध्यक्ष पोख्रेलले दलित समुदायलाई अगाडि बढनको लागि गाउँपालिकाले बिभिन्न खालका दलित केन्द्रित कार्यक्रम ल्याएको बताउनु भयो । वार्ड नम्बर–१ देखि ८ सम्मका सम्पुर्ण दलित समुदायलाई सोलार बत्ती वितरण गर्ने अभियान जारीरहेको पनी उहाँको भनाई छ ।
साथै कार्यक्रम वार्ड अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । 
गाउँपालिकाले सोलर बत्ती वितरण गरेपछि त्यँहाका दलित समुदाय हर्षित बनेका छन् ।

अन्य समाचारहरु