अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका भित्रका सबै विधालयहरु, वार्ड, स्वास्थ्य चौकीमा अब सुचना अधिकारी तोक्ने भएको छ ।
सन्धिखर्क नगरपालिका भित्रका सबै सामुदायिक विधालयहरु, वार्ड कार्यालय, स्वास्थ्य चौकीमा अब सुचना अधिकारी तोक्ने भएको हो ।
आम नागरिकमा सूचनाको पहुच पु-याउन तथा प्रबाह गर्न, गुनासो सुन्नको लागि नगरपालिका भित्रका सबै सामुदायिक विधालयहरु, वार्ड कार्यालय, स्वास्थ्य चौकीमा अब सुचना अधिकारी तोक्ने बताइएको छ ।
साथै यसअघि सन्धिखर्क नगरपालिकामा रहेका विद्यालयहरुमा गुनासो पेटिका राखिएको थियो ।
बालबालिकामाथि हुने हिँसा, शोषण र दुर्व्यवहारको सुनवाईको लागि सन्धिखर्क नगरपालिकामा रहेका विद्यालयहरुमा गुनासोपेटीका राखिएको हो ।