एमाले नेता टोपबहादुर रायमाझीले भने; कम्युनिष्टलाई टुक्राउन अध्यादेश ल्याईयो


अर्घाखाँचीडट्कम संवाददाता 
काठमाडौं । नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी विधेयक कम्युनिष्ट पार्टीलाई फुटाउनका लागि ल्याइएको बताएका छन्।
बुधबार आयोजित ‘कम्युनिष्टहरुबीचको ध्रुवीकरण आवश्यक्ता र चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश कम्युनिष्ट पार्टीलाई फुटाउनका लागि ल्याइएको दावी गरेका हुन्। नेता रायमाझीले यो अध्यादेश देशका सबै पार्टीलाई फुटाउने गरेर ल्याइएको बताए। उनले राजनीतिक दलका ठूला नेताहरु पार्टी विभाजन सम्बन्धि विधेयकको मतियार बनेको आरोप समेत लगाए।
नेता रायमाझीले नेपाली जनताको राजनीति गर्ने अधिकार नेपाली जनतामा हुन्छ कि, नेपालका जनप्रतिनिधिमा, संसदहरुमा हुन्छ कि सर्वोच्चमा हुन्छ भन्दै प्रश्न गरे। उनले प्रधानमन्त्री चुन्ने अधिकार संसदलाई दिनुपर्ने ठाउँमा सर्वोच्चले परमादेश जारी गरेर टीका लगाएर दिएको बताए। उनले नेपाली जनताको लागि राजनीति गर्ने अधिकार नेपाली जनतामा, नेपाली नागरिकको हातमा, नेपालका जनप्रतिनिधिहरुमा, सांसदहरुमा हुनुपर्नेमा सर्वोच्चले अधिकार कुण्ठीत गरिदिएको बताए ।
‘संसद विघटन गरेर चुनावमा जाने कुरा मानिएन भनेपनि प्रधानमन्त्री चुन्ने, सरकार चुन्ने अधिकार संसदलाई दिए हुन्थ्यो, उनले भने,‘सिधै जनादेशलाई छोडेर परमादेश अनुसार टीको लाएर दिइयो, त्यसमाथि ह्वीप नलाग्ने, ७६९५० मा सिधै टीको लाएर प्रधानमन्त्री पठाइदिने र ह्वीप नलाग्ने, यसो भए, ७६, दुई, तीन र चारको के काम ?’