सन्धिखर्कको छापडाँडामा स्व. लाल बहादुर भाट क्षेत्रीको ८ औ दिनको पुण्यतिथिमा कांग्रेसको शोक सभा सम्पन्न


भावना मगर
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क वार्ड नम्बर ३ रोकाटोला छापडाँडामा नेपाली कांग्रेस वार्ड  कार्यसमितिले आज शोक सभा सम्पन्न गरेको छ । 
 छापडाँडा निवासी तथा नेपाली कांग्रेसका क्रियाशील सदस्य स्व. लाल बहादुर भाट क्षेत्रीको ८ औ दिनको पुण्यतिथिको अबसरमा कांग्रेसले शोक सभा सम्पन्न गरेको हो । 
शोक सभा कार्यक्रममा नेपाली कांग्रेस वडा कार्यसमितिका कार्यवाहक सभापति गफार मियाँ, वडा अध्यक्ष लिलाराम गौतम र तरुण विभाग लुम्बिनी प्रदेश सदस्य तथा तरुण दल नगर अध्यक्ष जमसेर मियाँले क्रियाशील सदस्य स्वर्गीय भाटक्षेत्रीको निधनले कांग्रेसलाई अपुरणिय क्षति पुगेको र उहाँले देखाएको बाटोमा आफुहरु सँधै अगाडि बढ्ने बताउनुभएको छ । साथै उहाँहरुले दिवंगत आत्माको चिरशान्तिको कामना गदै शोकाकुल घरपरिवारमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
कार्यक्रममा कांग्रेस वडा कार्यसमितिका कोषाध्यक्ष क्यामदीन मियाँ, तरुण दल वडा अध्यक्ष सोबित शाही, वडा सदस्यहरु दधिराम सोमै,जुठे मियाँ, सुर्यप्रसाद भुसाल, दान बहादुर थापा लगायतको उपस्थिती रहेको थियो । श्रद्धाञ्जली तथा शोक सभा कार्यक्रम वडा सचिव हरि बहादुर खड्काको संचालनमा सम्पन्न भएको हो ।
 
स्वर्गीय लाल बहादुर भाट क्षेत्रीको गएको साउन २७ गते  ८१ बर्षको उमेरमा निधन भएको थियो ।

अन्य समाचारहरु