काठमाडौँ- महन्थ ठाकुर अध्यक्ष रहेको नयाँ दल जनता समाजवादी पार्टी नेपाल प्रजातान्त्रिकले १७ सदस्यीय कार्यकारिणी समिति बनाएको छ।
अध्यक्षमा ठाकुर छन् भने वरिष्ठ नेतामा राजेन्द्र महतो छन्।
जसपाका संसदमा रहेका ३२ जना सदस्यमध्ये १५ जना महन्थ ठाकुरको पक्षमा उभिएका छन्।
उनीहरुले निर्वाचन आयोगमा साइकल चुनाव चिह्न पाएका छन्। देशसन्चारमा समाचार छ ।