जर्मनीका प्रधानमन्त्री आन्गला मेर्केलद्बारा बीस मुलुक समूहसमक्ष आ-आफ्नो अडानलाई सामञ्जस्य गर्न आव्हान्

जर्मनीका प्रधानमन्त्री आन्गला मेर्केलले हिजो बर्लिनको बैंकिङ बजारको निगरानी तथा व्यवस्थापन सम्मेलनमा बोल्दै वर्तमान सङ्कटको सामना गर्न बीस मुलुक समूहले आ-आफ्नो अडानलाई सामञ्जस्य गर्नुपर्ने कुरा बताउनुभएको छ।

       थाहा भएअनुसार उक्त सम्मेलनमा मुख्यतः अन्तर्राष्ट्रिय बैंकिङ प्रारुपको स्थापना गर्ने र बैंकिङ बजारको निगरानी तथा व्यवस्थापनलाई गहिरो तथा फराकिलो पार्ने विषय रहेका छन। चालीसभन्दा बढी मुलुक र अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिले उक्त सम्मेलनमा भाग लिनुभएको छ।