अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं । भारतीय जेलमा २२ वर्ष बसेर बिहीबार एक जना नेपाली नागरिक छुटेका छन् । हत्यासम्बन्धी कसूरमा हिमाञ्चल प्रदेशको मोडल सेन्ट्रल जेलमा बसेका लामो कानुनी लडाईपछि लालबहादुर राना छुटेका हुन् ।
तर परिवार सँग १० बर्ष देखी सम्पर्क भएको छैन नहुँदा उनी अलपत्र रहेको नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले अर्घाखाँचीडट्कमलाई बताए ।
उहाँले घर सगरमाथाको कटुन्जे गैरीगाउँ बताउनुभएको छ,’ खड्काले भने, ‘जिल्ला बताउन सक्नु भएको छैन, नेपाली ठेगाना खोजी गरिरहेका छौं ।’ नेपाल प्रहरी सङ्ग सम्पर्क गरि रहेको छौ ! उनका अनुसार परिवारका सदस्य सम्पर्कमा नहुँदा कारागारकै एक कोठामा उनलाई राखिएको छ ।
‘थुनामुक्त भए पनि परिवारका सदस्य नभेटिने व्यक्तिलाई जेलमा राख्ने ठाउँ छ,’ खड्काले भने, ‘उहाँलाई त्यहीं राखिएको छ ।’ उमेरले ७१ पुगिसकेका उनले आफ्नो एक छोरा र छोरी रहेको बताएका छन् ।
उनको मुद्दामा न्यायिक लडाइँका लागि खोलुखुम्बुकी सामाजिक कार्यकर्ता पूजा फुयाल लगायत टीमले सहजिकरण गरेको आरबी खड्काले बताए ।