नवीन रसाइली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेकपा (एकिकृत समाजवादी) जिल्ला कमिटीको बैठक बस्ने भएको छ ।
गत २०७७ चैत्र १४ गते शनिवार समानान्तर जिल्ला कमिटी गठन गरेको माधव पक्षले नयाँ पार्टी नेकपा (एकिकृत समाजवादी) दर्ता भएसँगै जिल्ला कमिटीको बैठक केही दिनमा नै बस्ने तयारी गरेको हो ।
गत चैतमा गठन गरिएको जिल्ला कमिटीमा ७० सदस्य जिल्ला कमिटी रहेको नेकपा (एकिकृत समाजवादी)अर्घाखाँचीका अध्यक्ष राम बहादुर चौहानले जानकारी दिए । उनले दोस्रो भर्चुअल बैठक बसेर अब जिल्लाका सक्रिय साथीहरूहरुलाई जिल्ला कमिटीमा थप गर्ने बताए । उनलेे अर्घाखाँची जिल्लाका सम्पूर्ण वार्डबाट प्रतिनिधित्व हुने गरि जिल्ला कमिटी गठन गर्ने समेत बताए ।
अध्यक्ष चौहानका अनुसार अब छिट्टै “नेकपा (एकिकृत समाजवादी)” पार्टीको पार्टी कार्यालय स्थापना गरिने समेत बताए ।
“नेकपा (एकिकृत समाजवादी)” पार्टीलाई जिल्ला कै सबैभन्दा ठुलो र शक्तिशाली पार्टी निमार्ण गर्ने समेत अध्यक्ष चौहानले प्रतिबद्धता जनाए ।
उता समानान्तर जिल्ला कमिटीमा रहेका सबै नेकपा (एकिकृत समाजवादी)मा नै रहेको दावी गरिएको छ । उनिहरुले ७० सदस्य रहेको समानान्तर जिल्ला कमिटीमा सबै आफ्नो पक्षमा रहेको बताएका छन् । तर माधव पक्षमा रहेका प्रेमनारायण गैरे पछिल्लो समय मौन रह्दै आएका छन् ।