अर्घाखाँचीमा फेरि भोलीदेखि १३ औं पटक निषेधाज्ञा थपिने, यातायात, बजार खुल्न सक्ने संभावना


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा भोली भाद्र ८ गतेदेखि १३ औं पटक निषेधाज्ञा थपिने भएको छ । 
डिसिसिएमसी अर्घाखाँचीको  बैठकले १३ औं पुन: एक साता निषेधाज्ञा थप्ने तयारी गरेको हो ।  भने जिल्लामा निषेधाज्ञा खुकुलो बनाइने  छ ।
यस अगाडि स्वास्थ्य मापदण्ड पालना गरेर सबै यातायात खुल्न दिन सकिने बताइएको छ । यस्तै   सुन, भाँडाकुडा, अटो मोबाइल्स, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट, विद्युतीय सामग्रीका पसलहरु सबै खोल्न दिने बताइएको छ । 
यस्तै बैंक तथा वित्तीय संस्थाहरु, खाद्यवस्तु, तरकारी, फलफूल, पानी, दूध तथा दूधजन्य पदार्थ, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल र व्यवसाय लगायत खोल्न दिने बताइएको छ । 
यस्तै सभा/गोष्ठी/सम्मेलन, मठमन्दिर, पार्टी प्यालेसलगायत भीडभाडजन्य क्षेत्रमा रहेको निषेधाज्ञालाई कायम राखिने छ । जिल्लामा  विद्यालय, क्याम्पस, शैक्षिक संस्थाहरुमा परीक्षाका कार्यक्रमहरु यथाबत संचालन भएका छन् ।   
जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन घटेको छ । जिल्लामा दोस्रो लहरको कोरोना संक्रमण जोखिम तथा नियन्त्रणका लागि जारी रहेको निषेधाज्ञाका कारण प्रभावित विपन्न मजदुर वर्गलाई दैनिक छाक टार्नै मुस्किल भएको छ । ​
गत वैशाख २१ गते मंगलवारदेखि जारी निषेधाज्ञाका कारण जिल्लाको जनजीवन अत्यन्त कष्टकर भएको थियो ।