अर्घाखाँचीमा एमालेको ‘तेस्रो धार’ नेकपा (एकिकृत समाजवादी) मा नजाने | १० बुँदे सहमतिको कार्यान्वयनमा जोड


अर्घाखाँचीडट्कम संवाददाता
 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेकपा एमालेको ‘तेस्रो धार’ माधवकुमार नेपाल समूहको नयाँ पार्टी नेकपा (एकिकृत समाजवादी) मा नजाने भएको छ । 
एमाले अर्घाखाँचीका उपसचिव प्रेम नारायण गैरे
जिल्लामा एमालेको ‘तेस्रो धार’ ले १० बुँदे सहमतिको पूर्ण कार्यान्वयनमा जोड दिदै नेपाल समूहको नयाँ पार्टी नेकपा (एकिकृत समाजवादी) मा नजाने भएको हो । अन्तर संघर्ष गरिरहेको एमालेको ‘तेस्रो धार’ को सन्धिखर्कमा बसेको बैठकले पार्टी बिधि पद्धतिबाट चलाउन २०७५ जेठ २ पहिलको अवस्थामा जुन–जुन नेताहरुको जिम्मेवारी जे थियो त्यो जिम्मेवारी यथावत रहने गरी १० बुँदे सहमतिमा जोड दिएको छ । 
अर्घाखाँचीमा एमालेको ‘तेस्रो धार’ मा एमाले अर्घाखाँचीका उपसचिव प्रेम नारायण गैरे, जीव नारायण कोइराला, कुलदिप भुसाल, भबिस्वर पाण्डे, सरोज भुसाल, जीवलाल घिमिरे, लक्ष्मी गौतम, बिष्णु  पन्थी, सुमित्रा मुखिया, पुष्पा भाट, खगेन्द्र घिमिरे, कमला भट्टराई, गिता भाट, बाबुराम पन्थी, रामजी मरासिनी लगायत रहेका छन् ।        
युवा नेता प्रेम नारायण गैरेले माधव नेपालले नयाँ पार्टी दर्ता गरेपनि तत्काल नयाँ पार्टीमा नजाने भन्दै जिल्लाका अधिकाम्स नेता पार्टी एकताको पक्षमा रहेको बताए । अर्घाखाँचीडट्कमसँग कुरा गर्दै नेता गैरेले भने; हाम्रो एजेन्डा ओलीसँगको व्यक्तिगत रिसिइबी होइन् । हाम्रो विरोध त पार्टीको विधि, विधानलाई उल्लघन गर्ने प्रवृत्तिहरु, कदमहरु र संस्कारकोे हो । त्यसअर्थमा, हामी जिम्मेवार हुनुपर्छ । कमरेड ओली  गैर-जिम्मवार हुनुभयो भन्दैमा हामी जस्ता पार्टीका इमानदार कार्यकर्ताहरु  गैर-जिम्मेवार हुन मिल्दैन । माधब नेपाल कमरेडले नयाँ पार्टी दर्ता गर्ने अलि हतार गर्नु भयो कि भन्ने लागेको छ ।
यस्तै “ओलीका गतिविधि, गलत आकांक्षा र गलत अभ्यासले पार्टीमाथि यत्रो संकट आयो । यस्तो अबस्थामा ओलीले नेतृत्व गरेको पार्टीमा किन बस्ने ? यो पार्टी छोड्दा भयो नि भन्ने सजिलो उपाय होला । तर, यस्ले मुलुक र पार्टी बलियो हुनुपर्छ भन्ने हाम्रो चाहना सम्बोधन हुँदैन । पार्टी, संसद्, संविधान र  हाम्रो राष्ट्रिय जीवन शक्तिलाई कमजोर पार्ने ओलीकै गतिविधि हुन् भएपनि नेकपा एमाले र यसले मुलुकको राजनीतिक-लोकतान्त्रिक स्थिरता, संविधान र श्रमजिवी वर्गको पक्षमा लिएका अडान, उनीहरुमा जगाएको आशा सबैलाई हेरेर हामीले अझै पनि पार्टी एकता बचाउनपर्छ । नेकपा एमाले बचाउनुपर्छ भन्ने हो,” गैरेले भने । 
साथै नेता गैरेले भने; “जब सर्वोच्च अदालतले एमालेे र माओवादी केन्द्रको एकतालाई इन्कार गर्‍यो र नेकपा एमालेको सम्पूर्ण संरचना, यसको विधिविधान, यसको राजनीति जेठ २ मा जहाँ थियो, त्यही पुगेको छ । अदालत र अब १० बुदे सहमति अनुसार पनि ओली कमरेडले जेठ २ गते हाम्रो केन्द्रीय कमिटी,पोलिटब्यूरो, स्थायी कमिटी,प्रदेश, जिल्ला, गाउँ, वार्ड कमिटी, जनसंगठन जहाँ-जहाँ जे-जे थिए, त्यहीबाट सुरु गर्नुपर्छ ।यदी ओली कमरेडले १० बुँदे अक्षरश लागू गर्नु भएन भने नेकपा एमालेमा ठुलो पहिरो जाने वाला छ त्यो पहिरोले एमालेको संरचना एकपछि अर्को पिल्लर ढल्दै, सारा संरचना खस्ने स्थिति बन्ने निश्चित छ ।
एमाले पक्षका नेताहरुले गैरे ज्यु अब हाम्रो साइडमा आए नआए फरक नपर्ने भनिरहेको बेला नेता गैरेले जिल्लामा आफु मात्र होइन एमालेका हामी बहुसंख्यक कमरेडहरु एकताले पक्षमा रहेको बताए । उनले भने; “अमुक ब्यक्तिले भन्दैमा मलाई एक्लो नदेख्नु होला । सिङ्गो एमालेको एकता चाहनेहरु पार्टी मिलोस भन्ने मै हुनुहुन्छ पदको लागि रहर गर्नेहरू फुटदा खुशी होलान् ।  सहमति पूर्ण कार्यान्वयन गर्दा पार्टीलाई बिधि बिधान अनुरुप संचालन गर्ने संकल्पका अगाडि बढ्नु पर्छ ।म सामान्य कार्यकर्ता भएर पनि बस्न तैयार छु । बिचार समुह कै कुरा गर्ने हो भने पनि हिजो मात्रै हामी समुहको बैठक बसेर एकताको पक्षमा दृढता पूर्वक उभिने निर्णय लिएका छौं हामी अधिकाम्स एकै ठाउमा छु । प्रेम गैरे एक्लै छैन् । हाम्रो जोड १० बुदे सहमतिको पूर्ण कर्यान्वयन होस भन्ने हो ” 
उता २०७५ जेठ २ गते अगाडिको ६० प्रतिशत नेता कार्यकर्ता आफ्नो पक्षमा रहनुका साथै अहिले गठन भएको कमिटीमा शत प्रतिशत नेकपा (एकीकृत समाजवादी) मा नै रहेको राम बहादुर  चौहानको दावी छ ।
साथै गत २०७७ चैत्र १४ गते शनिवार समानान्तर जिल्ला कमिटीका ७० जना सदस्यहरु नयाँ पार्टी नेकपा (एकिकृत समाजवादी) अर्घाखाँचीमा रुपान्तरण हुने भएका छन् ।