अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या १६२ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ६५ जना, भूमिकास्थान नगरपालिकामा १४ जना, शितगंगा नगरपालिकामा १३ जना, मालारानी गाउँपालिकामा ५०, पाणिनी गाउँपालिकामा १३ र छत्रदेव गाउँपालिकामा ७ जना संक्रमित रहेका छन् ।
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४०७८ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १७८८ जना, भूमिकास्थान नगरपालिकामा ७१४ जना, शितगंगा नगरपालिकामा ४२७ जना, मालारानी गाउँपालिकामा ४९७ जना, पाणिनी गाउँपालिकामा ३६६ जना र छत्रदेव गाउँपालिकामा २८६ जना संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा १०० जनाले कोरोना जितेका छन् । साथै जिल्लामा गत वर्षदेखि आजसम्म ३८३६ जनाले कोरोना जितेका छन् । जसमा सन्धिखर्क नगरपालिकामा १६९७ जना, भूमिकास्थान नगरपालिकामा ६८५ जना, शितगंगा नगरपालिकामा ४०१ जना, मालारानी गाउँपालिकामा ४३३ जना, पाणिनी गाउँपालिकामा ३४४ जना र छत्रदेव गाउँपालिकामा २७६ जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ८० जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २६ जना, भूमिकास्थान नगरपालिकामा १५, शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १३, मालारानी गाउँपालिकामा १४, पाणिनी गाउँपालिकामा ९ र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।
बुधवारको कोरोना विवरण यस्तो छ: