अर्घाखाँचीमा एमालेले एकिकृत समाजवादीले गर्न लागेको संगठन विस्तारलाई प्रतिकार, अबरोध गर्ने


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँचीमा नेकपा एमालेले माधव नेपालको नयाँ पार्टी नेकपा (एकिकृत समाजवादी) ले जिल्लाभर गर्न लागेको संगठन विस्तारलाई अबरोध गर्ने भएको छ । 
स्रोतका अनुसार नेकपा एमालेले एकिकृत समाजवादीले जिल्लाभर गर्न लागेको संगठन विस्तारलाई अबरोध गर्न आन्तरिक तयारी गरेको हो । 
यस्तै नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष चेत नारायण आचार्यले एक विज्ञप्ती जारी गरी विभाजनकारी फुटपरस्त तत्वको भ्रममा नपर्न आग्रह गरेका छन् । विज्ञप्तीमा आचार्यले विभाजनकारी कार्यको घोर निन्दा गरेका छन् । तर उनले एकिकृत समाजवादीले जिल्लाभर गर्न लागेको संगठन विस्तारलाई लिएर उक्त विज्ञप्तीमा कुनै उल्लेख गरेका छैनन् । 
नेकपा एमालेले जिल्लाभरका पालिका, वार्डमा आफ्ना कार्यकर्तालाई अबरोध, प्रतिकार अभियान शुरु गर्ने तयारी गरेका छन् । 
उता अर्घाखाँचीमा नेकपा (एकिकृत समाजवादी) जिल्ला कमिटीमा ७० सदस्यीय रहने भएको छ । अर्घाखाँची जिल्लाबाट पार्टीको नेतृत्व रामबहादुर चौहानले गर्ने भएका छन् । एकीकृत समाजवादी पार्टीको गठन पश्चात जिल्लाका सबै क्षेत्रमा संगठन विस्तारमा गर्ने नेता  चौहानले बताएका छन् । 
गत २०७७ चैत्र १४ गते शनिवार समानान्तर जिल्ला कमिटी गठन गरेको माधव पक्षले नयाँ पार्टी नेकपा (एकिकृत समाजवादी) दर्ता भएसँगै जिल्ला कमिटी ७० सदस्यीय नै बनाउने भएको हो । 
समानान्तर जिल्ला कमिटीका अध्यक्ष राम बहादुर चौहानले अर्घाखाँचीडट्कमलाई बताए अनुसार; “चैत्रमा सन्धिखर्कमा आयोजित व्यापक भेलाबाट गठन गरिएको  नेकपा  एमाले  जिल्ला कमिटी अर्घाखाँचीलाई नै नेकपा एकीकृत  समाजवादीमा रुपान्तरण  गरिने छ ।” 
चौहानले भने; “जिल्लाका बहुमत  नेता तथा  कार्यकर्ताहरु हाम्रो पक्षमा हुनुहुन्छ । अब सबै पार्टी तथा जनसंगठनहरुलाई व्यवस्थित ढङ्गले  अघि  बढाइने छ । काठमाडौ र बुटवल  लगायतका सबै ठाउमा रहेका सम्पर्क  कमिटीहरुलाई व्यवस्थित गरिने छ ।”
साथै उनले भने: पार्टी कार्यालय  तत्काल स्थापना  गरिने छ । अर्घाखाँचीवासीको  पक्षमा राम्रा कामहरू मात्र अघि बढाइने छ , नराम्रा कामहरु एउटा पनि गरिने छैन ।  सबै नेता कार्यकर्ताहरुलाई उहाँ हरुको योग्यता , क्षमता , लोकप्रियता र  क्रियाशीलताको आधारमा  कार्य विभाजन गरिने छ ।  काखा र पाखा  गर्नेजस्तो पक्षपातपूर्ण र विभेदकारी प्रवृत्तिलाई पूर्ण  रुपमा निरुत्साहित  गरिने छ । पार्टीलाई नयाँ जोश , जांगर , उर्जा र गतिकासाथ रचनात्मक ढंगले अघि बढाइने छ । पार्टी विभाजनको मुख्य   नाइके ओली र ओली प्रबृत्तिको जनसमक्ष व्यापक रुपमा भण्डाफोर गरिने छ । अर्घाखाँचीको पार्टीलाई मुलुककै नमुना , अब्बल  र फरक पहिचान  सहितको पार्टीको रुपमा स्थापित  गरिने छ ।  सामुहिक निर्णय र व्यक्तिगत  जिम्मेवारीलाई विषेश  ध्यान दिइने छ । संगठनात्मक सिद्धान्तलाई कडाइपूर्वक पालना गरिने छ । पार्टीभित्र  बेला बखत देखापर्ने स्वार्थी , अराजक , व्यक्तिवादी , अवसरवादी र नारद  प्रवृत्तिबिरुद्ध  शुन्य  सहनशीलता  अपनाइने छ ।”
यस्तै अध्यक्ष चौहानले भने; “अर्घाखाँचीका  सबै  न्यायप्रेमी नेता , कार्यकर्ता तथा आदरणीय  जनसमुदायहरु हाम्रो पक्षमा  हुनुहुन्छ ।  कोहि पनि प्रतिगमनको पक्षमा  लाग्नुहुन्न ।   अलमलमा  पर्नु भएका कतिपय  साथीहरुलाई मेरो विनम्र  अनुरोध छ ,  समाजवादको यो महान अभियानमा एकताबद्ध  भएर आफ्ना  व्यक्तिगत  स्वार्थहरुलाई थाती  राखेर अघि  बढौ । हामी आफुबिच  केही  सच्चिने र सच्च्याउनुपर्ने कुराराहरु छन्  भने बसेर हल गर्न सकिन्छ , महशुस  गर्न  सकिन्छ । मुल राजनितीक मुद्दा   हो । राजनीतिक  मुद्दा   मिलेपछि  अरु कुरा  गौण हुन् । ट्रेन गुडि सक्यो , यात्रामा नछुट्न आग्रह गर्नेहो , केही समय पर्खिने पनि हो । होइन , नियतबस  कोही  यो महान अभियानमा  निर्ममतापूर्वक अघि  बढ्न छोडेर  ल्याङ्ग – ल्याङ्ग  गर्छ , मस्न खोज्छ र निहु खोज्छ भने  हाम्रो भन्नु  केही  छैन ।  यो महान अभियानलाई हामीले  जीवन – मरणको रुपमा लिएका छौं किनभने  बिनाकारण  यो मुलुकमा नेकपा  एमालेबाट निष्कासित  हुने  हामीलाई  सुरु अवसर प्राप्त  भएको छ । केही पात्रहरुलाई सङ्गठ्न बिस्तारमा प्रतीक्षा गरेका छौं । अब प्रतिक्षाको बाध टुट्ने बेला भयो ।  अब प्रतीक्षा  गर्न सकिदैन । डटेर अघि  बढिन्छ ।”