अर्घाखाँचीडट्कम संवाददाता
धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । निरन्तर परेको भारी वर्षाका कारण पहिरो जाँदा अर्घाखाँची जिल्लाको भुमिकास्थान वार्ड नम्बर ४ धारापानीमा बोडिङ्ग रहेको भवन सहित केही घर जोखिम भएको छ ।
पहिरो जाँदा धारापानी बजार नजिकमा रहेको बोडिङ्ग भवन सहित केही घर जोखिम भएको हो ।
धारापानी – ढाकावाङ्ग सडक ठाउँ – ठाउँमा अबरुद्ध हुनुका साथै स्थानियबासीले पहिरो हटाएका छन् ।
उता सडकमा पहिरो हटाएता पनि कतिपय स्थानहरुमा सडक माथिबाट ढुङगाहरु खस्न जोखिम रहेको छ ।
फोटो: आकाश भाट छेत्री