अर्घाखाँचीका सबै संघ-संस्थाहरुलाई अनिवार्य छलफलका लागि भदौ १५ गते प्रशासनले बोलायो


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्ला प्रशासन कार्यालयले जिल्लाभरका सबै संघ – संस्थाहरुलाई छलफलका लागि यही भदौ १५ गते मंगलवार सन्धिखर्कमा बोलाएको छ । 
जिल्ला प्रशासन कार्यालयले जिल्लाभरका सबै संघ – संस्थाहरुलाई संघ संस्थाहरूसंग छलफल तथा आवश्यक निर्देशन दिनका लागि भन्दै अर्को हप्ता भदौ १५ गते मंगलवार बिहान ११ बजे सन्धिखर्कको कर्मचारी मिलन केन्द्रमा बोलाएको हो ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचना अनुसार छलफलमा सबै क्षेत्रका संघ – संस्थाका प्रमुख वा तिनिहरुका प्रतिनिधिलाई अनिवार्य उपस्थिती हुन अनुरोध गरिएको छ ।   
छलफलको उदेश्य जिल्लामा रहेका सबै क्षेत्रका संघ – संस्थाहरूको काम कारवाही के कसो भइरहेको छ भनेर बुझ्ने लगायतका बिषयको लागि रहेको बताइएको छ ।