अर्घाखाँचीमा भारी वर्षाका कारण पहिरो जाँदा जिल्लाभरका सम्पूर्ण सडक अबरुद्ध (फोटो फिचर)


अर्घाखाँचीडट्कम संवाददाता 
खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । निरन्तर परेको भारी वर्षाका कारण पहिरो जाँदा अर्घाखाँची जिल्लाको सन्धिखर्क गाेरुसिंगे सडक लगायत जिल्लाका विभिन्न ठाउँमा अबरुद्ध भएको छ । 
सन्धिखर्क गाेरुसिंगे सडक ठाउँ – ठाउँमा अबरुद्ध हुनुका साथै प्रहरीले पहिरो हटाएर सुचारु गरेको छ । यस्तै ढाकावाङको भुमेकाथानदेखि  पिपलनेटा जाने मोटरबाटो अन्तर्गत हाट बजार र पिपलनेटा बजारको बिचमा ढावाचाैरमा गएको पहिरोको लेदे आएर मोटरबाटोमा पहाड बनेर  पुर्णरुपमा अवरुद्ध भएको छ।
यस्तै ढिकुरा  र खाँचीकोटको बिच नमुना  पुल ( टिमुरे खोला) मा पहिरो जाँदा सन्धिखर्क – धनचौर सडक अवरुद्ध भएको छ। साथै सन्धिखर्क – ढाकावाङ, धारापानी, बल्कोट लगायतका सडक पुर्णरुपमा अवरुद्ध भएका छन्। 
उता सडकमा पहिरो हटाएता पनि कतिपय स्थानहरुमा सडक माथिबाट ढुङगाहरु खस्न बढी जोखिम रहेको छ । 
तस्बिर: टेकराज भुसाल /अर्घाखाँचीडट्कम